१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराधको पराकाष्ठा ! बालकको हत्या गरी झोलामा शव !



अ+ अ-

१३ मंसिर, काठमाडौं । सुन्दै आङ सिरिङ्ग हुने घटना आज काठमाडौंको गोंगबुमा भएको छ । यहाँका एकजना ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । हत्या पनि यसरी भएको छ कि उनको शव झोलामा भेटिएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । यस्तो अपराधको पराकाष्ठाले राजधानीबासीलाई नै स्तब्ध तुल्याएको छ ।
बालकको शव म्हेपीमा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । ती बालक टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए । उनका बुबा प्रवीणले सञ्चालन गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट उनलाई बेपत्ता पारिएको थियो । उनको खोजीमा व्यापक प्रहरी परिचालित भएका थिए । तर, बिहीबार झोलामा पोको पारेको अवस्थामा उनको शव भेटियो प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्याङ्जाका महेन्द्र सार्कीलाई पक्राउ गरेको छ । उनी होटल सञ्चालकका ड्राइभर हुन् । अपरहणपछि फिरौती वा अन्य कुनै माग नराखेको भएपनि उनले नै हत्या गरेको अनुमान प्रहरीको छ । सार्कीको सो परिवारसँग रिसइबी रहेको अनमान गरिएको छ । थप अनुसन्धान जारी छ ।