२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेर यिनको बिजोग ! केका नाममा दिइँदैछ जनतालाई सास्ती ?



अ+ अ-

काठमाडौं, १३ मंसिर । काठमाडौमा हुन लागेको एसिया प्यासिफिक समिटलाई लक्षित गरेर सरकारले लगाएको जोर बिजोरले राजधानीबासीले बिहीबार निकै कष्ट भोग्नुपरेको समाचार छ । जोर बिजोर प्रणाली लागू गरेको भन्दै सवारी चल्न नदिएपछि शुक्रबारको ट्राफिकका कारणले यहाँको जनजीवन अस्तव्यस्त भएको छ । यसका कारण स्कुल र कलेजका विद्यार्थी मारमा परेका छन् । स्कुल कलेजको छुट्टी नदिइएकोले उनीहरु बिहान र बेलुका निकै गाह्रो गरी आउजाउ गर्नुपरेको छ ।

राजधानीमा आज बिहानैदेखि सार्वजनिक यातायातका सवारी साधनको पर्खाइमा आम मानिस बाटामा देखिन्थे । तर सडकमा थोरै मात्र गाडी कुदेका छन् । आज बिजोर नम्बरका सवारी साधनको पालो हो । आम जनतालाइ सास्ती दिनेगरी भएको यो व्यवस्थाको उल्लङ्घन गर्नेहरूलाइ प्रहरीले कारबाही गरेको छ । प्रहरीले ठाउँठाउँमा त्यस्ता सवारी बाटामा देखिए लाइसेन्स खोस्ने र जताबाट आएको हो उतै फर्काइदिने गरेको छ । बटुवाहरु खोइ कुन्नी केका नाममा आफूहरुलाई सास्ती दिइएको भन्दै व्यापक मात्रामा गुनासो गर्दै हिँडेका देखिन्थे ।
स्कुल र कलेजका बस चलेका भएपनि सार्वजनिक बसमा चढ्ने विद्यार्थीलाइ अति कस्ट भएको छ ।बिहीबार युथ कंग्रेस नेपालले विज्ञप्ति जारी गर्दै मंसिर १३ गते देखि १६ गतेसम्मका लागि घोषणा गरिएको जोर बिजोरको व्यवस्थाप्रति आपत्ति जनाएको थियो । राज्यको कार्यक्रम नभई अन्तर्रा्ष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि राज्यले जनतालाई दुःख दिन खोज्नु आफुहरुलाई मान्य नभएको युथ कंग्रेसको भनाई छ ।