१० भाद्र २०८३, बुधबार
,
Latest
राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यासिफिक सम्मेलन क्रिश्चियन धर्म प्रचारका लागि गरिएको भन्दै डा.लोहनीदारा डिनर बहिस्कार



अ+ अ-


काठमाडौँ, १४ मंसिर । एराप्रपा (राष्ट्रवादी) का नेता डा. प्रकाशचन्द्र लोहनीले काठमाडौँमा शुक्रबार शुरुहुने भनिएको एसिया प्यासिफिक समिट क्रिश्चियन धर्मको प्रचारका लागि गरिएको भन्दै उक्त सम्मेलनका तर्फबाट आज साँझका लागि बोलाइएको डिनर कार्यक्रम बहिस्कार गरेको जनाएका छन् । उनले यो कार्यक्रममा मुलुकका प्रधानमन्त्री जाने र सहभागी हुने मात्र नभई राष्ट्रको बजेट पनि खर्च गर्नु अति दुर्भाग्यपूर्ण हो भनेका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्–
दक्षिण कोरियाको युनि फिकेसन चर्चको वजारिकरणको लागि नेपालका प्रधानमन्त्रि सहित १५०० दम्पति लाइ चर्चका गुरुवाट आशीर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपालसरकार संलग्न हुनु दुर्भाग्य हो । नेपालको लागि यो भेला को उद्देश्य युनिफिकेसन चर्चको अन्तराष्ट्रीय वजारमा प्रवधन गर्ने र उक्त चर्च का इसाइ पादरी वाट नेपालका ठुलावडाका दम्पति सहित आशीर्वाद लिने काममा सिमित रहेको देखिन्छ । युनिफिकेसन चर्च को वजारिकरणमा नेपाल सरकार ले दुई करोड़ खर्च गरि हिस्सेदार वनेर हिन्दु र वुद्ध भूमि नेपालको सांस्कृतिक जग वलियो हुन्छ भन्नु अर्थहीन हो । एराप्रपा (राष्ट्रवादी) यो अर्थहीन अभियानमा सहभागि हुन चाहदैन र यसै सन्दर्भमा यस कार्यक्रमको लागि वोलाइएको डिनर निम्ता वहिस्कार पनि गर्दछु ।