२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यासिफिक सम्मेलन क्रिश्चियन धर्म प्रचारका लागि गरिएको भन्दै डा.लोहनीदारा डिनर बहिस्कार



अ+ अ-


काठमाडौँ, १४ मंसिर । एराप्रपा (राष्ट्रवादी) का नेता डा. प्रकाशचन्द्र लोहनीले काठमाडौँमा शुक्रबार शुरुहुने भनिएको एसिया प्यासिफिक समिट क्रिश्चियन धर्मको प्रचारका लागि गरिएको भन्दै उक्त सम्मेलनका तर्फबाट आज साँझका लागि बोलाइएको डिनर कार्यक्रम बहिस्कार गरेको जनाएका छन् । उनले यो कार्यक्रममा मुलुकका प्रधानमन्त्री जाने र सहभागी हुने मात्र नभई राष्ट्रको बजेट पनि खर्च गर्नु अति दुर्भाग्यपूर्ण हो भनेका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्–
दक्षिण कोरियाको युनि फिकेसन चर्चको वजारिकरणको लागि नेपालका प्रधानमन्त्रि सहित १५०० दम्पति लाइ चर्चका गुरुवाट आशीर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपालसरकार संलग्न हुनु दुर्भाग्य हो । नेपालको लागि यो भेला को उद्देश्य युनिफिकेसन चर्चको अन्तराष्ट्रीय वजारमा प्रवधन गर्ने र उक्त चर्च का इसाइ पादरी वाट नेपालका ठुलावडाका दम्पति सहित आशीर्वाद लिने काममा सिमित रहेको देखिन्छ । युनिफिकेसन चर्च को वजारिकरणमा नेपाल सरकार ले दुई करोड़ खर्च गरि हिस्सेदार वनेर हिन्दु र वुद्ध भूमि नेपालको सांस्कृतिक जग वलियो हुन्छ भन्नु अर्थहीन हो । एराप्रपा (राष्ट्रवादी) यो अर्थहीन अभियानमा सहभागि हुन चाहदैन र यसै सन्दर्भमा यस कार्यक्रमको लागि वोलाइएको डिनर निम्ता वहिस्कार पनि गर्दछु ।