![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/10/Rss_Images_1539070023879_600825-01-02-630x420.jpg)
काठमाडौँ, १४ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो ।
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि काउन्सिलर सु की बिहीबार बिहान काठमाडौँ आइपुग्नुभएको हो । सो सम्मेलन आगामी शनिबार आयोजना हुँदैछ । रासस