१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश कमिटीको बैठक सम्बोधन गर्न आज माधव नेपाल सुर्खेत आउँदै



अ+ अ-

काठमाडौं । कर्णाली प्रदेश कमिटीको प्रदेश बैठक र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज सुर्खेत आउँदैछन्। बुद्ध एयरको जहाजमार्फत् अध्यक्ष नेपाल सुर्खेत आउन लागेका हुन्।

आज सुर्खेतमा हुने प्रदेश कमिटीको बैठकलाई अध्यक्ष नेपाल सम्बोधन गर्ने तथा प्रदेश कमिटीका पदाधिकारीहरूलाई पनि  अध्यक्ष नेपालले सपथ खुवाउने कार्यक्रम रहेको बताईएको छ । 

कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला शुक्रबार सुर्खेतमा हुनेछ।