१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाका पूर्व राष्ट्रपति एचडब्लु बुसको निधन



अ+ अ-

वासिङटन, १५ मङ्सिर – अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ बर्षको उमेरमा निधन भएको छ ।
शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको उहाँका आफन्तले जानकारी दिएका छन् ।
अमेरिकाको राजनीतिक परिवारका रुपमा चिनिने बुस परिवारबाट उहाँका छोरा जर्ज डब्लु बुस पनि राष्ट्रपति हुनुभएको थियो ।
पुत्र बुसले आफ्ना बुवालाई संसारकै सवै भन्दा असल पिताका रुपमा आफूले स्मरण गर्ने बताउनु भएको छ । उहाँले आफ्ना बुवालाई उच्च चरित्रवान मानवको रुपमा व्याख्या गर्नु भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।
आफ्नी श्रीमती बार्बारा बुसको निधन भएको केही महिनापछि उहाँको निधन भएको हो । श्रीमती बुसको गत अप्रिल १७ मा ९२ वर्षको उमेरमा निधन भएको थियो ।
अमेरिकाको ४१ औं राष्ट्रपतिका रुपमा उहाँले सन् १९८९ देखि १९९३ सम्म देशको नेतृत्व गर्नु भएको थियो । (रासस÷एएफपी)