३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघरमा निर्मलाका लागि न्याय माग्दै प्रदर्शन



अ+ अ-

काठमाडौं, १५ मंसिर – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको लागि न्यायको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भइरहेको छ । कार्यक्रम ‘ जस्टिस फर निर्मला’ अभियानले गरेको हो ।

शनिबार माइतीघरमा सहभागीहरु विभिन्न पोस्टर र व्यानरसहित उपस्थित भएका छन् भने उनीहरुले बलात्कारीलाई फाँसीको सजाय दिन माग समेत गरेका छन् । साथै उनीहरुले चर्को नाराबाजी गर्दै  गृहमन्त्रीको राजिनामासमेत माग गरेका छन् ।

प्रदर्शनमा नयाँ शक्ति पार्टीको तर्फबाट मानुसी भट्टराई  तथा विबेकशिल साझाको तर्फबाट उज्वल थापा, रन्जु दर्शना लगायत विभिन्न व्यक्तिको बाक्लो उपस्थिती रहेको छ ।

राजधानीमा एसिया प्यासिफिक समिटको कारण देखाएर प्रहरीले प्रदर्शन रोक्न खोजेपनि सहभागीहरूले माइतिघर मण्डलामा भेला भएर नाराबाजी गरे ।

प्रदर्शनकारीहरू माइतिघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका थिए ।