२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघरमा निर्मलाका लागि न्याय माग्दै प्रदर्शन



अ+ अ-

काठमाडौं, १५ मंसिर – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको लागि न्यायको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भइरहेको छ । कार्यक्रम ‘ जस्टिस फर निर्मला’ अभियानले गरेको हो ।

शनिबार माइतीघरमा सहभागीहरु विभिन्न पोस्टर र व्यानरसहित उपस्थित भएका छन् भने उनीहरुले बलात्कारीलाई फाँसीको सजाय दिन माग समेत गरेका छन् । साथै उनीहरुले चर्को नाराबाजी गर्दै  गृहमन्त्रीको राजिनामासमेत माग गरेका छन् ।

प्रदर्शनमा नयाँ शक्ति पार्टीको तर्फबाट मानुसी भट्टराई  तथा विबेकशिल साझाको तर्फबाट उज्वल थापा, रन्जु दर्शना लगायत विभिन्न व्यक्तिको बाक्लो उपस्थिती रहेको छ ।

राजधानीमा एसिया प्यासिफिक समिटको कारण देखाएर प्रहरीले प्रदर्शन रोक्न खोजेपनि सहभागीहरूले माइतिघर मण्डलामा भेला भएर नाराबाजी गरे ।

प्रदर्शनकारीहरू माइतिघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका थिए ।