काठमाडौं, १५ मंसिर – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको लागि न्यायको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भइरहेको छ । कार्यक्रम ‘ जस्टिस फर निर्मला’ अभियानले गरेको हो ।
शनिबार माइतीघरमा सहभागीहरु विभिन्न पोस्टर र व्यानरसहित उपस्थित भएका छन् भने उनीहरुले बलात्कारीलाई फाँसीको सजाय दिन माग समेत गरेका छन् । साथै उनीहरुले चर्को नाराबाजी गर्दै गृहमन्त्रीको राजिनामासमेत माग गरेका छन् ।
प्रदर्शनमा नयाँ शक्ति पार्टीको तर्फबाट मानुसी भट्टराई तथा विबेकशिल साझाको तर्फबाट उज्वल थापा, रन्जु दर्शना लगायत विभिन्न व्यक्तिको बाक्लो उपस्थिती रहेको छ ।
राजधानीमा एसिया प्यासिफिक समिटको कारण देखाएर प्रहरीले प्रदर्शन रोक्न खोजेपनि सहभागीहरूले माइतिघर मण्डलामा भेला भएर नाराबाजी गरे ।
प्रदर्शनकारीहरू माइतिघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका थिए ।