२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व माओवादी नेता सिपी गजुरेलको आरोप-‘अब केपी ओलीले श्री ५ ओली लेख्नेछन्’



अ+ अ-

१५ मंसिर । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिस्टको दुई तिहाई बहुमत देशका लागि अभिशाप सावित भएको दाबी गरेका छन् ।

ओली सरकारले जतिसुकै गम्भिर गल्ती गरेपनि दुई तिहाईको सरकार हट्न नसक्ने अवस्था नरहेको भन्दै उनले अब आन्दोलन गर्नुको विकल्प नभएको बताए । ‘यो सब हुँदाहुँदै पनि यो सरकार ढल्नेवाला छैन । संविधानमै यस्तै ब्यवस्था छ’ उनले भने, ‘ओली तानाशाही र प्रमुख प्रतिपक्षी रुजेको बिरालो जस्तो भयो ।’

शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दैै क्रान्तिकारी माओवादीका नेता समेत रहेका गजुरेलले भने, ‘अहिले सरकार नयाँ युगको कुरा गर्दै पोलपोलमा फोटो राखिएको छ । अब श्री ५ केपी ओली सरकार लेख्न मात्रै बाँकी छ ।’

९ महिनामा केपी ओली सरकारले नै देशमा राष्ट्रिय स्वाधिनताको उपहास गरेको उनको आरोप छ । उनले भने, ‘वामपन्थी होइन, प्रतिक्रियावादी सरकार बन्यो ।’

राष्ट्रपतिले १८ करोडको गाडी किन्नु गरिब जनतालाई उपहास गर्नु बाहेक केही नभएको गजुरेलले बताए । जनताको सेवासुविधा वृद्धि गर्नुको साटो हेलीप्याडसहित राष्ट्रपति निवास बनाउन खोज्नु आफैंमा लज्जाको विषय भएको उनले बताए ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष गजुरेलले अब आन्दोलनको आँधीबेहरी ल्याउने बेला भएको बताए । सरकारले गरेका गैरनैतिक कुरालाई दबाव दिन पनि आन्दोलन आवश्यक भएको भन्दै उनले देशभक्त गणतान्त्रिक मुक्ति मोर्चा बनाएर आन्दोलनको तयारीमा जुटेके बताए ।