१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्क सम्मेलन गर्न के नेपालले भूमिका खेल्ला ?



अ+ अ-

काठमाडौँ, १६ मङ्सिर – पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीले सार्क सम्मेलन पाकिस्तानमा अायाेजना गर्न नेपालले भूमिका खेल्न अाग्रह गर्नुभयो । त्यसकाे जवाफमा  प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निर्वाह गरिने बताउनुभएको छ ।

‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको अध्यक्ष मुलुक भएको हिसाबले नेपाल पाकिस्तानमा शिखर सम्मेलन गराउन भूमिका निर्वाह गरी अध्यक्षता हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट गर्नुभयो । नेपालमा सन् २०१४ मा भएको १८ औँ शिखर सम्मेलनले २०१६ मा पाकिस्तानको इस्लामावादमा शिखर सम्मेलन गर्न तय गरे पनि पाकिस्तान र भारतको आपसी असमझदारीका कारण मिति तय हुन सकेको छैन ।

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईका अनुसार पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानीले पाकिस्तानी जनता र त्यहाँका राजनीतिक दल सार्कप्रति प्रतिबद्ध रहेको र सम्मेलनका लागि तयार रहेको जनाएपछि प्रधानमन्त्री ओलीले नेपाल पनि सार्कलाई प्रभावकारी रूपमा अघि बढाउन चाहेको सन्देश दिनुभयो ।
(रासस)