२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको टिप्पणी : चौतारीमा राजा भेटिए भनेजस्तै पाेल पाेलमा केपी भेटिए



अ+ अ-

१६ मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आउनु सुखद भएको बताएको छ । तर, सरकारले भड्किलो प्रचार शैली अपनाउनुका साथै भ्रम छर्ने काम गरेको भन्दै विरोध गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा योगदानमा आधारित समाजिक सुरक्षा ऐन संसदबाट पास भएर राष्ट्रपतिबाट प्रमाणित भएको स्मरण गर्दै कांग्रेसले सफल कार्यान्वयनका लागि शुभकामना दिएको छ ।

तर, सरकारले आफ्नै नयाँ कार्यक्रमझैं गरेर भ्रम छरेको र प्रधानमन्त्रीको तस्वीर सजाएर पार्टीगत प्रचार शैली अपनाएको भन्दै उसले आपत्ति जनाएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘यसको सफलता भड्किलो शैलीको झुटो प्रचारले होइन, परिपक्व र जिम्मेवार ढंगको व्यवस्थापकीय कुशलताबाट सम्भव हुने व्यवहारिक यथार्थप्रति नेपाली कांग्रेस नेपाल सरकारलाई सचेत गराउन चाहन्छ ।’

सरकारले नयाँ युग भनेको तर्फ इंगित गर्दै कांग्रेसले ऐन संसदबाट पारित भएको दिन, राष्ट्रपतिबाट प्रमाणित भएको दिन वा तामझाम गरिएको मंसिर ११ वा कार्यान्वयनमा आउने २०७६ साउन १ कुन नयाँ युग हो भनेर प्रश्न गरेको छ । नयाँ युगको संज्ञा सरकारको बढ्दो अलोकप्रियता ढाक्न खोजिएको पातलो पछ्यौरी मात्र भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।