२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको पूर्ण बैठक बस्दै, आज गोला प्रणालीको मिति तय हुने



अ+ अ-

काठमाडौं । आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक बस्दैछ । आज दिउँसो २ बजे बस्ने पूर्ण बैठक अर्थात् (फुलकोर्ट) मा इजलास तोक्न गोला प्रणाली लागू गर्ने मिति तय गर्नेछ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिदामा रहेकाले बाँकी १८ न्यायाधीशको बस्ने बैठक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिना नै बस्न लागेको हो । अब गोला प्रणाली लागू हुने मिति आजको पूर्ण बैठकले तय गर्नेछ ।

यसअघिल बसेको पूर्ण बैठकले गोलाप्रथाबाट इजलास तोक्न सर्वोच्च अदालत नियमावलीमा संशोधन गरेर गोलाप्रथाको कार्यविधि पारित गरिसकेको छ ।