५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा विवाद बढेकै बेला महन्थ ठाकुर दिल्ली जाँदै



अ+ अ-

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर आज भारतको राजधानी दिल्ली जान लागेका छन् । स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली जान लागेका हुन् । राजपा नेपालमा आन्तरिक द्धन्द चलिरहेको बेला नेता ठाकुर दिल्ली जानुलाई अर्थपूर्ण रुपमा लिएको छ ।

अध्यक्षमण्डलको संयोजकमा राजेन्द्र महतो आएपछि राजपा नेपालमा विवाद उत्कर्षमा पुगेको हो । यसअघि महन्थ ठाकुर अध्यक्षमण्डलका संयोजक थिए । तर उनलाई बहुमतबाट हटाएपछि विवाद बढेको हो ।
पार्टीभित्र विवाद बढेकै बेला उनी दिल्ली जान लागेका हुन् । उनी मंसिर १२ गतेनै दिल्ली जाने तयारी गरेका थिए तर टिकट नपाएपछि उनी आज जान लागेका हुन् । यसबीचमा पार्टीका अध्यक्षमण्डलका सदस्यको बीचका कुराकानी समेत गरिसकेका छन् ।

यसअघि उनी स्वास्थ्य उपचारका लागि साउन १३ गते गएर १८ गते फर्केका थिए ।  छोरी र ज्वाँईलाई साथमा लिएर स्वास्थ्य उपचारमा दिल्ली पुगेका उनी त्यतिबेला राजनीतिक भेटघाट पनि गरेका थिए । गृहमन्त्री राजनाथ सिंहदेखि सुरक्षा सल्लाहकार अजित डोभलसम्मलाई भेटेका थिए ।

उपचारमा संलग्न डाक्टरले अध्यक्षमण्डलका सदस्य ठाकुरलाई ६ महिनापछि पुनः आउन भनेका थिए । सोहीअनुसार उनी दिल्ली जान लागेका हुन् ।   २०७४ चैत २७ गते दिल्ली गएका ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिएपछि   अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको थियो ।

केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो । पेसमेकर राखिएपछि उनले नियमित सम्पर्कमा रही स्वास्थ्य जाँच गराई राख्नुपर्ने थियो । तर उनी दुई वर्षदेखि नियमित जाँच गराउन सकेका थिएन ।