२७ भाद्र २०८३, शनिबार
,
Latest
बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा विवाद बढेकै बेला महन्थ ठाकुर दिल्ली जाँदै



अ+ अ-

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर आज भारतको राजधानी दिल्ली जान लागेका छन् । स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली जान लागेका हुन् । राजपा नेपालमा आन्तरिक द्धन्द चलिरहेको बेला नेता ठाकुर दिल्ली जानुलाई अर्थपूर्ण रुपमा लिएको छ ।

अध्यक्षमण्डलको संयोजकमा राजेन्द्र महतो आएपछि राजपा नेपालमा विवाद उत्कर्षमा पुगेको हो । यसअघि महन्थ ठाकुर अध्यक्षमण्डलका संयोजक थिए । तर उनलाई बहुमतबाट हटाएपछि विवाद बढेको हो ।
पार्टीभित्र विवाद बढेकै बेला उनी दिल्ली जान लागेका हुन् । उनी मंसिर १२ गतेनै दिल्ली जाने तयारी गरेका थिए तर टिकट नपाएपछि उनी आज जान लागेका हुन् । यसबीचमा पार्टीका अध्यक्षमण्डलका सदस्यको बीचका कुराकानी समेत गरिसकेका छन् ।

यसअघि उनी स्वास्थ्य उपचारका लागि साउन १३ गते गएर १८ गते फर्केका थिए ।  छोरी र ज्वाँईलाई साथमा लिएर स्वास्थ्य उपचारमा दिल्ली पुगेका उनी त्यतिबेला राजनीतिक भेटघाट पनि गरेका थिए । गृहमन्त्री राजनाथ सिंहदेखि सुरक्षा सल्लाहकार अजित डोभलसम्मलाई भेटेका थिए ।

उपचारमा संलग्न डाक्टरले अध्यक्षमण्डलका सदस्य ठाकुरलाई ६ महिनापछि पुनः आउन भनेका थिए । सोहीअनुसार उनी दिल्ली जान लागेका हुन् ।   २०७४ चैत २७ गते दिल्ली गएका ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिएपछि   अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको थियो ।

केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो । पेसमेकर राखिएपछि उनले नियमित सम्पर्कमा रही स्वास्थ्य जाँच गराई राख्नुपर्ने थियो । तर उनी दुई वर्षदेखि नियमित जाँच गराउन सकेका थिएन ।