५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके राउतलाई रौतहट पठाउने सर्वोच्चको अादेश



अ+ अ-

काठमाडौँ, १७ मङ्सिरः सर्वोच्च अदालतले राज्यविरुद्धकोे सङ्गठित कसुर अभियाेगमा पक्राउ परेका सिके राउत (चन्द्रकान्त)को बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको छ ।

न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले साेमबार राउतसम्बन्धी बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

न्यायाधीशद्वयको आदेशमा भनिएको छ, ‘राउतविरुद्ध रौतहट जिल्लामा दर्ता भई विचाराधीन रहेको राज्यविरुद्धको सङ्गठित कसुर अपराधको मुद्दामा बयानका लागि उपस्थित गराउनू ।’ सर्वोच्च अदालतले राउतलाई थप बयानका लागि रौतहट नै पठाएको छ ।

स्वतन्त्र मधेशका विषयमा राज्यविरुद्धका वक्तव्य दिएको भन्दै प्रहरीले पक्राउ गरी राउतविरुद्ध रौतहटमा मुद्दा चलाएको थियो ।

सोही क्रममा राउतले धरौटी वा साधारण तारेखमा थुनामुक्त हुन माग गर्दै गत कात्तिक १२ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नुभएको थियो ।