१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस- किन बढाउन चाहन्छ पौडेल समूह ?

काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस- किन बढाउन चाहन्छ पौडेल समूह ?
अ अ+ अ-

– भीष्मराज ओझा

काठमाडौँ, १८ मङ्सिर: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा छलफल जारी छ ।

यही मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित विधानको मस्यौदामाथिको छलफलका क्रममा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । सोमबारसम्म ३१ केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसक्नुभएको पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो ।

काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले मङ्सिर ९ गतेको बैठकमा उक्त मस्यौदा पेश गर्नुभएको थियो ।

मस्यौदामाथिको छलफलमा अधिकांश केन्द्रीय सदस्यले पार्टीमा गुट उपगुट अन्त्य गर्न बहुपदमा एकल सङ्क्रमणीय निर्वाचन प्रणालीमा जानुपर्ने सुझाव दिनुभएको छ । बैठकमा हालको पदाधिकारी संख्या यथावत राख्नुपर्ने र केन्द्रीय कार्यसमितिको आकार बढेसँगै पदाधिकारीको सङ्ख्या पनि बढाउनुपर्नेमा छलफल जारी छ ।

संस्थापन पक्ष हालको पदाधिकारी संख्या यथावत राख्नुपर्नेमा पक्षमा देखिन्छ । संस्थापन ईतर पक्ष भने केन्द्रीय कार्यसमितिको आकार बढेसँगै पदाधिकारीको सङ्ख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारीको निर्वाचन हुनुपर्ने पक्षमा छ । प्रस्तावित विधानमस्यौदमा पदाधिकारी संख्या र निर्वाचन सम्बन्धी फरक मतलाई पनि उल्लेख गरी केन्द्रीय समितिमा पेश गरिएको छ ।

प्रस्तुत मस्यौदामा पदाधिकारीको सङ्ख्या र निर्वाचन प्रक्रिया हालको विधानअनुसार नै रहने व्यवस्था गरिएको छ । कार्यसमितिको सङ्ख्या भने बढाएर १४१ हुने प्रावधान राखिएको छ ।

हाल ८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको काङ्ग्रेसमा एक सभापति एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने तथा एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने व्यवस्था छ ।

छलफलमा केन्द्रीय सदस्यहरुले सहमहामन्त्रीको सङ्ख्या बढाउनुपर्ने, काम गर्न सहज बनाउनका लागि सभापति अधिकार सम्पन्न हुनुपर्ने, क्रियाशील सदस्यको प्रावधान यथावत् राख्नुपर्नेलगायतका सुझाव दिनुभएको छ ।

केन्द्रीय समितिले पारित गरेपछि विधान मस्यौदा पार्टीको महासमिति बैठकमा पेश हुने छ । काङ्ग्रेसको महासमिति बैठक आगामी मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुदैछ ।

आजको बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गर्नुहुने पार्टी कार्यालयले जनाएको छ । काङ्ग्रेसले पार्टीको महासमिति बैठकमा प्रस्तुत गर्ने गरी पार्टीको आर्थिक नीति सम्बन्धी प्रस्ताव तयार गर्न सहमहामन्त्री डा महतको संयोजकत्वमा आर्थिक नीति मस्यौदा समिति गठन गरेको थियो ।

समितिले सबै प्रदेश र आर्थिक क्षेत्रका विज्ञसँग आवश्यक सुझाव र सल्लाह लिई पार्टीको आर्थिक नीति मस्यौदा तयार गरेको जनाएको छ ।

यस बाहेक काँग्रेसले राजनीतिक प्रतिवेदन तयार गर्न उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा र महामन्त्री डा शशाङ्क कोइराला नेतृत्वमा पार्टीका गतिविधिसहितको सम्पूर्ण प्रतिवेदन तय गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ ।

विधान मस्यौदासँगै सबै प्रतिवेदनमाथि छलफल जारी रहे हालको केन्द्रीय कार्यसमिति बैठक लम्बिन सक्ने पार्टी कार्यालयले जनाएको छ ।