• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला

जापानी सहयोगमा निर्मित पाँच पुल हस्तान्तरण



काठमाडौं, १८ मंसिर । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक जोड्ने बारकिलो–बारपाक सडकमा पर्ने जापान सरकारले निर्माण गरेका पाँचवटा पुल गोरखामा आयोजित एक समारोहबीच हस्तान्तरण गरिएको छ । उक्त समारोहको प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ हुनुहुन्थ्यो ।

समारोहमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जाइका नेपालका नवनियुक्त प्रमुख युमीको आसाकुमा पनि उपस्थित हुनुहुन्थ्यो ।

सन् २०१५ को डिसेम्बरमा दुई सरकारबीच गोरखामा पुनर्निर्माणका अन्य कार्यक्रम सहित तीनवटा पुल बनाउने गरी सम्झौता भएको थियो । गोरखाका उत्तरी भागसम्म यातायातलाई सहज बनाउन यी पुलहरुको महत्वपूर्ण योगदान रहनेछ । गत जुलाई २०१८ मा निर्माण सम्पन्न भएका पुलहरुमा दरौंदी खोला पुल, घट्टे खोला पुल र राङरुङ खोला पुल रहेका छन् ।

यसबाहेक, खहरे खोला पुल र झ्याल्ला खोला पुल पनि जाइकाको अर्को प्राविधिक सहयोग मार्फत निर्माण गरिएका हुन् ।

उक्त कार्यक्रममा राजदूत साइगोले नयाँ पुलको निर्माणले आवागमनमा सहजता आउने र बजारको पहुँच बढ्ने विश्वास व्यक्त गर्नुभयो । साथै, गोरखाका उत्तरी क्षेत्रको आर्थिक कृयाकलापमा सुधार ल्याउन थप मद्दत पुग्ने राजदूत साइगोले बताउनुभयो । उहाँले यस परियोजना मार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

जाइकाका नेपाल प्रमुख आसाकुमाले पनि नेपालमा भूकम्पपछिको पुनरुद्धारका कार्यमा जापानको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्र र समुदायमा दिर्घकालीन दिगो विकासका लागि नयाँ ऊर्जा, स्रोत र कार्यक्रम ल्याउने बताउनुभयो ।
जापान सरकारले प्रदान गरेको सहयोगबाट निर्मित पूर्वाधारका कारण स्थानीयवासीलाई यातायात र आवागमनमा ठूलो मद्दत पुगेको छ ।

स्थानीयवासीले यी पुललाई “जापानी पुलहरु” भन्न रुचाएको पाइएको छ । उक्त पुलहरु नेपाल र जापानबीचको मित्रताको चिनोको रुपमा रहने छ ।