• ४ आश्विन २०८०, बिहीबार
  •      Thu Sep 21 2023
  •   Unicode
Logo
Latest
★   मलङ्गवामा कर्फ्यु आदेश ★   सरकार र आन्दोलनरत शिक्षकबीचको दोस्रो वार्ता निष्कर्षविहीन ★   पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान ★   नेपाल पाकिस्तानसँग पराजित ★   गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई ★   प्रधान सेनापति आइतबार नयाँ दिल्ली जानुुहुँदै ★   साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात ★   शिक्षक आन्दोलनले बानेश्वरको दुवो माडिएपछि बालेनको व्यङ्ग्य– ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’ ★   श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय ★   सरकारको तर्फबाट गृहमन्त्रीले शिक्षकसँग वार्ता गर्ने, दोस्रो चरणको छलफल आजै बेलुका हुने

१४० क्षेत्रको परिणाम आयो, देउवा पक्षको स्पष्ट अग्रता



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही मंसिर ७ गतेबाट भएको सुरु भएको निर्वाचन क्षेत्रअन्तर्गतको निर्वाचनबाट देशभरका १४० क्षेत्रको परिणाम आएको छ । यसबाट तीन हजार ६०० भन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

महाधिवेशन सुरु हुन दुई साता बाँकी रहँदा यो अधिवेशनमा हुने मुख्य नेतृत्वका लागि पनि रस्साकस्सी सुरु भएको पाइएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १ सय ४० वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको जानकारी दिनुभएको छ ।

कांग्रेसको विधानअनुसार, हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ । अहिलेसम्म आएको परिणाममा संस्थापन पक्ष अघि देखिएको छ । हरेक जिल्लामा संस्थापन अर्थात् देउवा पक्षले अग्रता लिएको परिणाममा देखिएको छ । अहिलेसम्म परिणाम आएका जिल्लाहरुका क्षेत्रीय सभापतिमा देउवा पक्ष हावी भएको देखिएको छ । 

कतिपय जिल्लाहरुबाट अहिले पनि परिणामहरु आइरहेका छन् । तीमध्ये अधिकांशमा संस्थापन पक्षले अग्रता लिएका छन् भने मुलुकको पूर्वी क्षेत्रमा पनि देउवा र साथसाथै कृष्ण सिटौलाको निकटका प्रतिनिधिहरु आइरहेका छन् । ती स्थानमा आएका जिल्ला सभापति, क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधिहरुमा देउवा पक्षका उम्मेदबारहरुले भारी मतान्तरले निर्वाचन जितीरहेका छन् । 

उता पौडेल पक्षबाट जितेका क्षेत्रीय तथा जिल्ला सभापतिहरुले भने झिनो मतको फरकले जितेका छन् । बागलुङमा पौडेल पक्षका चण्डीप्रसाद पौडेलले संस्थापन पक्षका अध्यक्षलाई चार मतले मात्र पछि पारेर निर्वाचन जितेका थिए । यसरी पौडेल पक्षले जितेका कैयौँ जिल्ला र क्षेत्रहरुमा १० भन्दा कम मत अन्तर देखिएको छ ।