४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

सरकारी कार्यालय ‘भ्रष्टाचारको अखडा’

सरकारी कार्यालय ‘भ्रष्टाचारको अखडा’
अ+ अ-

काठमाडौं – ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर हरेक दिन कर्मचारीले सपथ लिए पनि भ्रष्टाचार रोकिएको छैन। सुशासन र सदाचार कायम गर्न हरेक दिन कर्मचारीले लिने सपथको बेहोरा यस्तो छ– म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म मेरो देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्छु।

तर, यसरी दिनहुँ सपथ लिने राष्ट्रसेवक कर्मचारीले घुस खान भने छाडेका छैनन्। खासगरी सेवाग्राहीको चाप हुने निकायमा कार्यरत कर्मचारीले घुसबिना काम गर्दैनन् भन्ने जनगुनासो व्याप्त छ। समय–समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ गरेका कर्मचारी र भ्रष्टाचार गरेको आरोपमा चलाएका मुद्दा हेर्दा जनगुनासोमा सत्यता देखिन्छ।

असोज १६ गते सरकारका मुख्यसचिवको निर्णयबमोजिम जनतालाई सुशासन दिलाउन र प्रशासन संयन्त्रलाई भ्रष्टारमुक्त वातावरणमा सञ्चालन गर्न हरेक दिन कर्मचारीले सपथ लिनुपर्ने व्यवस्था भएको हो।

दिनहुँ भ्रष्टाचार नगर्ने प्रतिज्ञा गरेका कर्मचारीको आचरण भने नसुध्रिएको नागरिकले अनुगमनका क्रममा फेला पारेको छ। सार्वजनिक सेवा प्रवाह गर्ने काठमाडौं र ललितपुरका १५ वटा सरकारी कार्यालयमा सेवा लिन पुगेका सात सयभन्दा बढी सेवाग्राहीले कर्मचारीमा भ्रष्ट मनोवृति कायमै रहेको बताए। उनीहरूसँग कर्मचारीको कार्यशैली र सेवा प्रवाहबारे सोधिएको थियो।

काठमाडौंस्थित कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरं, मालपोत कार्यालय डिल्लीबजार, मालपोत कार्यालय चाबहिल, मालपोत कार्यालय कलंकी, मालपोत कार्यालय मनमैजु, नापी कार्यालय डिल्लीबजार, नापी कार्यालय चाबहिल, नापी कार्यालय कलंकी, श्रम कार्यालय ताहाचल, जिल्ला अदालत, यातायात कार्यालय ठूलो भ¥याङ, यातायात कार्यालय, गुर्जुधारा तथा ललितपुरका मालपोत कार्यालय, नापी कार्यालय र यातायात कार्यालय, एकान्तकुनामा सेवा लिन पुगेका सेवाग्राहीसँगे सेवाप्रवाहमा संलग्न कर्मचारीले घुस नलिई काम गरे÷नगरेको विषयमा केन्द्रित भएर अध्ययन गरिएको थियो।

काठमाडौं र ललितपुरका विभिन्न १५ वटा सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा सेवा लिन पुगेका ७ सय १५ सेवाग्राहीसँग कुरा गर्दा ५ सय ४ जना अर्थात् ७० प्रतिशतले कर्मचारीलाई घुस दिएर मात्र आफ्नो काम गराएको बताए।

विभिन्न १५ वटा सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा सेवा लिन पुगेका ७ सय १५ सेवाग्राहीसँग कुराकानी गर्दा ५ सय ४ जना अर्थात् ७० प्रतिशतले कर्मचारीलाई घुस दिएर मात्र आफ्नो काम गराएको बताए। सेवाग्राहीका अनुसार घुस खानेमा सबैभन्दा अघि नापी कार्यालयका कर्मचारी छन्। कम्पनी रजिष्ट्रारको कार्यालय र मालपोतका कर्मचारी पनि घुस लिने मामिलामा अग्रस्थानमै रहेको पाइएको छ।

नापी कार्यालय डिल्लीबजारमा सेवा लिन पुगेका ४५ मध्ये ३८ जना अर्थात् ८४ प्रतिशतले सेवा लिन कर्मचारीलाई घुस दिनुपरेको बताए। कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा सेवा लिन पुगेका ७० मध्ये ५४, भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा सेवा लिन पुगेका ५० मध्ये ३८, मालपोत कार्यालय चाबहिलमा सेवा लिन पुगेका ५० मध्ये ३६, मालपोत कार्यालय कलंकीमा सेवा लिन पुगेका ४५ मध्ये ३७ र मालपोत कार्यालय मनमैजुमा सेवा लिन पुगेका ३५ मध्ये १९ जनाले काम गराउँदा कर्मचरीलाई घुस दिएको बताए।

त्यसैगरी नापी कार्यालय चाबहिलमा सेवा लिन पुगेका ३५ मध्ये २६, नापी कार्यालय कलंकीमा सेवा लिन पुगेका ३० मध्ये २४, श्रम कार्यालय ताहाचलमा सेवा लिन पुगेका ६० मध्ये ४०, काठमाडौं जिल्ला अदालतमा सेवा लिन पुगेका १०० मध्ये ७४, यातायात कार्यालय ठूलो भर्याङमा सेवा लिन पुगेका ३५ मध्ये १८ र यातायात कार्यालय गुर्जुधारामा सेवा लिन पुगेका ३० मध्ये १७ जनाले घुसबिना कर्मचारीले कामै नगर्ने बताए। त्यस्तै नापी कार्यालय ललितपुरमा सेवा लिन पुगेका २५ मध्ये १९, मालपोत कार्यालय ललितपुरमा सेवा लिन पुगेका २५ मध्ये १५ र यातायात कार्यालय ललितपुरमा सेवा लिन पुगेका ८० मध्ये ४९ जनाले कर्मचारीले घुस मागेको बताए। सेवाग्राहीका अनुसार अधिक जनसम्पर्क हुने सरकारी कार्यालय ‘भ्रष्टाचारको अखडा’ बन्दै गएका छन्।

कर्मचारीले ‘चिया खर्च, खाजा खर्च, बेलुकाको चिया खर्च, टिप्स, अलिअलि हामीलाई पनि हेर्नुप¥यो, अरुको भन्दा चाँडो काम हुन्छ’ भनेर घुस मागेको ती सेवाग्राहीले बताए। अनेक निहुँ बनाएर काममा ढिलासुस्ती गरिदिएपछि बाध्य भएर कर्मचारीलाई घुस दिनुपरेको सेवाग्राहीको भनाइ छ। केही सेवाग्राहीले भने काम छिटो गरिदिएबापत केही रकम दिएको बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता बिनोद कुँवरले कर्मचारीले भ्रष्टाचार गरे अथवा घुस लिए सेवाग्राहीले सम्बन्धित निकायमा उजुरी गरुन भनेर प्रवद्धर्नात्मक उद्देश्यले हरेक दिन सपथ लिने परिपाटी विकास गरिएको बताए। उनले नागरिकलाई भ्रष्टाचारविरुद्ध सचेत गराएकाले अहिले घुस खाने कर्मचारीलाई अख्तियारले रंगेहात समात्ने क्रम बढेको दाबी गरे।

ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष श्रीहरि अर्यालले मुलुक र जनताप्रति समर्पणको भाव नरहेसम्म प्रतिज्ञा र सपथ लिएर मात्र भ्रष्टाचार न्यूनीकरण नहुने बताए। उनले कर्मचारी नियुक्त हुँदाका बखत नै सपथ लिएकाले दिनदिनै सपथ रट्नुनपर्ने बताए। उनले लेखेर र प्रतिज्ञा गरेर मात्र घुसखोरी नरोकिने बताउँदै भने, ‘सपथ भनेको दाल भात खाएजस्तो हो र प्रत्येक दिन खानका लागि। पहिला कर्मचारीको आचरण सुधार्नुपर्छ। मुलुक र जनताप्रति समर्पणको भावना हुनुपर्छ। अनि मात्र भ्रष्टाचार रोकिन्छ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत तथा नापी कार्यालायमा बिचौलियालाई सहज पहुँच नदिन निर्णय गरेर सम्बधित कार्यालयलाई परिपत्र जारी गरे पनि ती कार्यालयमा रहेका फाइल बिचौलियाले पल्टाएर हेरिरहेको देखिन्छ। अधिकांश सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा विचौलियाको बिगबिगी छ। सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा बिचौलियाको प्रवेश रोक्ने हो भने मात्र पनि सेवाग्राही ठगिने क्रम घट्दै जाने अर्यालको भनाइ छ।

(अाजकाे नागरिक दैनिकमा खबर छ ।)