१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

एसिया प्यासिफिक सम्मेलनपछि ओलीसँग प्रचण्ड रुष्ट

एसिया प्यासिफिक सम्मेलनपछि ओलीसँग प्रचण्ड रुष्ट
अ अ+ अ-

न्युजपोलार समाचार विश्लेषण

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एसिया प्यासिफिक सम्मेलन नेपालमा आयोजना गर्न दिन नहुने भनी आफूले बारम्बार भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको भनी प्रतिक्रिया दिएपछि नेकपाभित्रको विवाद फेरि एक पटक सतहमा आएको छ । हुनत यस विषयमा नेकपाकै आर्का नेता भीम रावलले गम्भीर असहमति व्यक्त गरेको मात्र नभएर यस सम्मेलनले नै पार्टीलाई ‘डुबाउने’ भनी प्रतिक्रिया दिइ नै रहनुभएको थियो । त्यो भन्दा पनि अझ ठूलो हलचल नेता श्रेष्ठले गएराति बिबीसी नेपाली सेवामा दिएको अन्तर्वार्तापछि थप छर्लंग भएको छ । त्यस अन्तर्वार्तामा नेता श्रेष्ठले सो सम्मेलन गर्ने भन्ने कुरा आएपछि देखि नै आफूले यस्तो कुनै विवादास्पद संस्थाले आयोजना गर्ने सम्मेलनमा सरकार नै आयोजक बस्न नहुने बताएको तर सरकारले नमानेको भनी स्पष्ट रुपमा खोलिदिएका छन् । यस विषयमा पार्टीभित्रै पनि विवाद भएको र सो विवादका कारण नेताहरु विभाजित भएका थिए । प्रवक्ता श्रेष्ठ र अरु केही नेताहरुले सचिवालय बैठकमा नै यस्तो कार्यक्रम गर्न नहुने भनेपछि सरकार प्रमुख आयोजक बस्ने काम रोकिएको तर सरकार संलग्न नै हुनु हुँदैन भनी लिइएको अडानलाई भने प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपालका कारण नरोकिएकोले जसका कारण आज पार्टीको यो हालतमा विरोध र आलोचना भइरहेको उहाँले बताउनुभयो । नेता श्रेष्ठले त अझ यसअघि नै युनिभर्सल पिस फेडरेसन नामक संस्थामा आवद्ध रहेका एकनाथ ढकाल नै मन्त्री भएको बेलामा यस्तो सम्मेलन गर्न खोज्दा आफू उपप्रधानमन्त्री रहेका बेला रोकेको खुलासा पनि गरेका छन् । उनले त्यस समय आफ्नै गम्भीर असहमतिले गर्दा त्यस्तो विवादास्पद कार्यक्रम रोकिएको तर यतिखेर भने आफूले विरोध गरेता पनि रोक्न नसकेको स्पष्ट रुपमा खुुलासा गरेका थिए ।
त्यो कार्यक्रम त विवादास्पद भयो नै, त्यसले पार्टी भित्र पनि ठूलो विभाजन ल्याएको देखिएको छ । यस्तो कार्यक्रमको आयोजना खासमा आर्थिक लाभमा फसेर गरिएको भन्दै पार्टीकै कतिपय नेताहरुले प्रधानमन्त्री र माधव नेपालको अडानका कारण यस्तो भएको भन्दै त्यसको विरोध गरेका छन् । त्यसका लागि एक दुई दिनमै पार्टीको सचिवालयको बैठक बोलाउने तयारी गरिएको पनि समाचार स्रोतले बताएको छ । तर त्यो भन्दा पनि अर्काे गम्भीर प्रश्न यतिखेर पार्टीभित्र प्रचण्डको असहमतिका कारणले उठेको बताइएको छ । त्यस कार्यक्रममा पार्टीका अरु नेताहरु पुगेपनि प्रचण्ड नपुगेका तथा यस विषयमा कहिँ कतै उनले प्रसंग पनि नकोट्याएकोले उनको असहमति रहेको त झल्किन्छ नै । त्यस विषयमा पनि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले छर्लङ्गै पारिदिएका छन् । यस कार्यक्रमप्रति प्रचण्डको विचार के थियो भन्ने प्रश्नमा उनले भनेका छन्– यसमा अध्यक्ष प्रचण्ड असहमत हुनुहुन्थ्यो । सोही असहमति नै उक्त कार्यक्रममा उहाँको अनुपस्थिति थियो । पूर्व माओवादी सम्बद्ध एकजना सदस्यले भने– ‘अध्यक्ष कमरेड त्यो कार्यक्रम नगरौँ भन्नेमा हुनुहुन्थ्यो । तर जब प्रधानमन्त्रीले माधव नेपालको निकै जोड छ, त्यसैले म यस कार्यक्रमबाट पछिहट्न सक्दिन भनेपछि अनि प्रचण्ड कमरेड चितवनतिर लाग्नुभएको हो ।’ तर यसैबीचमा अध्यक्ष प्रचण्डको स्वास्थ्य परीक्षण गराएको समाचार पनि आएको थियो नि के उहाँ विरामी भएर त सो कार्यक्रममा नजानुभएको त होइन भन्ने प्रश्नमा ती सदस्यले भने– खोई हामी दिनहूँ भेट भएका छौँ, उहाँ विरामी भएको मलाई थाहा भएन ।
अध्यक्ष प्रचण्डले सरकारले यसअघि घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रममा पनि उपस्थित हुनुभएको थिएन । हुनत सो कार्यक्रम सरकारी थियो तर पनि पार्टीले उपस्थितिका लागि उहाँलाई आग्रह गरेको भए पनि त्यहाँ नजाने उहाँले बताउनुभएको थियो । साथै सो कार्यक्रम घोषणा भएपछि पनि अध्यक्ष प्रचण्डले खासै कुनै प्रतिक्रिया दिनुभएको छैन । साथै चितवनमा दुई हप्ता अघिको एक कार्यक्रममा प्रचण्डले सरकारले अब ‘गियर बढाउने’ भनी प्रतिक्रिया दिएपछि सरकार र पार्टीको बारेमा खासै केही बोल्नुभएको छैन । त्यसमा पनि यो पछिल्लो एसिया प्यासिफिक सम्मेलनपछि त उहाँ झनै रुष्ट हुनुभएको बताइएको छ । उहाँले आफ्नो निवासमा जाने नेताहरुलाई सरकारले जनताको आक्रोस र अपेक्षा कम गर्न जनतालाई राहात दिने काम गर्नुपर्नेमा यो नचाहिने काम गरेर पार्टीलाई अलोकप्रिय मात्र बनाएको भनी प्रतिक्रिया दिने गर्नुभएको ती सदस्यले खुलासा गरे । यसरी यस कार्यक्रमप्रति विदेशी चासो रहेको र नेपालस्थित चिनियाँ राजदूतले पनि प्रधानमन्त्री ओेलीलाई भेटेर सो कार्यक्रमको आयोजनाका बारेमा चासो राख्नुभएको भनी समाचार आएलगत्तै यता नेकपाका अध्यक्ष प्रचण्ड पनि रुष्ट बनेको यो समाचार आएको छ । यस विषयमा आगामी सचिवालय बैठकमा गम्भीर रुपमा समीक्षा हुने नेताहरुको दाबी छ ।