१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ जना राजदूत नियुक्तिको तयारी- चिनियाँ राजदूत पौडेललाई फिर्ता बोलाइँदै



अ+ अ-

कठमाडौँ । सरकारले परराष्ट्र पन्त्रालयका सहसचिवहरुमध्ये छ जनालाई राजदूत नियुक्तिको सिफारिश गर्ने तयारी गरेको छ । यीमध्ये विभिन्न ४ ओटा देशमा राजदूत र थप दुई भने संयुक्त राष्ट्रसंघीय मिसनमा प्रतिनिधि नियुक्ति हुने बताइएको छ । सरकारले ती सिफारिस गर्न लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यसअघि महिना दिनमात्र अघि ४ देशमा राजदूत सिफारिस भएका थिए । यस पटक भने परराष्ट्रमन्त्रालयकै ६ जना सहसचिवलाई सिफारिस गर्ने अन्तिम तयारी गरिएको समाचारमा जनाइएको छ ।
परराष्ट्र मन्त्रालयको स्रोतका अनुसार सहसचिव दीपक अधिकारीलाई फ्रान्स र अर्का सहसचिव भृगु ढुङ्गानालाई क्यानाडाको राजदूत बनाइने छ । त्यसैगरी गणेश प्रसाद ढकाल थाइल्यान्ड, दुर्गा प्रसाद भन्डारी कुवेत र मणि भट्टराई जेनेभास्थित युएन मिसनमा सिफारिस गर्न लागिएको छ । सिफारिस भएका मध्ये अधिकारी हाल परराष्ट्रका प्रमुख शिष्टाचार महापाल हुन् । त्यसैगरी ढकाल चीन हेर्ने महाशाखा प्रमुका प्रमुख र भृगु ढुङ्गाना भारत हेर्नेे महाशाखा प्रमुखका रुपमा काम गरिरहेका छन् ।
उता न्युयोर्कस्थित युएन मिसनमा भने गत महिनामात्र दक्षिण अफ्रिकाबाट फिर्ता बोलाइएका सहसचिव अमृतबहादुर राईलाई सिफारिस गर्ने अन्तिम तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको प्रस्ताव नै मन्त्रीपरिषद्मा पठाइसकेको स्रोतले जनाएको छ ।
उक्त स्थानमा अर्का सहसचिव भरतराज पौड्याललाई सिफारिस गर्न लागिएकोमा अन्तिममा आएर रोकिएको थियो । यसअघि सिफारिस भएका भारतका लागि राजदूत निलाम्बर आचार्य, युएईका कृष्ण ढकाल, मलेसियाका उदयराज पाण्डे र इजरायलका लागि अन्जान शाक्यको संसदीय सुनुवाइ २३ मंसिरमा हुँदैछ ।

चीनका राजदूत पौडेललाई फिर्ता बोलाउने तयारी
यसैबीच परराष्ट्र मन्त्रालय स्रोतले जनाएअनुसार हाल चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई भने सरकारले फिर्ता बोलाउन थालेको छ । उनलाई फिर्ता बोलाउन यसअघि नै प्रधानमन्त्री इच्छुक रहेको भए पनि त्यस समयमा आफ्नो पार्टीको कोटाबाट सिफारिश भो भनी नेकपा अध्यक्ष प्रचण्डले नमाने पछि रोकिएका थिए । तर प्रधानमन्त्री ओलीको केही समय अघि भएको चीन भ्रमणकाक्रममा उनले राम्रो ‘परफरमेन्स’ देखाउन नसकेको भन्दै प्रधानमन्त्री रुष्ट भएका थिए । त्यो कुरा उनले नेपाल फर्किएपछि अध्यक्ष प्रचण्डलाई पनि भनेका थिए । पौडेलका कारण नेपालले गर्न खोजेका रेलमार्ग निर्माण, पारवाहन सम्झौता लगायतका क्षेत्रमा पनि राम्रो प्रगति हुन नसकेको र उनले राजदूताबासको तर्फबाट अघि बढाउनुपर्र्ने फाइल पनि अघि नबढाउने गरेको आफूले पाएको प्रधानमन्त्रीले पटक पटक बालुवाटारमा सेयर गर्ने गरेका छन् । यसका साथै चीनको बेइजिङमा रहेका नेपाली विद्यार्थी तथा व्यापारिक समुदायका नागरिकहरुले पनि राजदूताबासबाट कुनै सहयोग नमिलेको र राजदूत नेपालीहरुको भन्दा पनि चिनियाँहरुको कार्यक्रम तथा डिनरमा मात्र जान रुचाउने गरेकाले आफूहरुलाई निकै अप्ठेरो परेको भन्दै उनलाई फिर्ता बोलाउन प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डसँग ब्यापक दबाब दिने गरेका छन् । यसका साथै चिनियाँ पक्षबाट पनि उनको बारेमा गुनासो आउन थालेकोले सरकारले पौडेललाई फिर्ता बोलाउने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । राजदूत पौडेलका छोराको ट्राभल एजेन्सी रहेको र उनी चीनमा छँदा सोही एजेन्सीको बारेमा बढी चिन्ता गर्ने र चीनमा भन्दा बढी नेपालमै बस्ने गरेकोले समस्या भएको गुनासो चिनियाँ पक्ष बेइजिङमा रहेका नेपालीहरुले गर्नेे गरेका छन् । सोही कारणले उनलाई फिर्ता बोलाउन थालिएको जानकारी बालुवाटार स्रोतले पनि दिएको छ ।