• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल

भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढिन्छ- प्रधानमन्त्री ओली



काठमाडौँ, २३ मङ्सिर -प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताउनुभएको छ ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “अचम्मलाग्दो कुरा छ, असहमत कोही पनि छैन, भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैनन्, गर्छु पनि कसैले भन्दैन, सबैले शून्य सहनशीलताको कुरा गर्छन्, भ्रष्टाचार गर्न हुँदैन, नगर्ने नै भन्छन् तर थामी नसक्नु, रोकी नसक्नु भ्रष्टाचार भएको भइछ, भनेपछि यो कति डरलाग्दो छ ।”

समृद्ध, सम्भ्रान्त र सुसङ्गत समाज निर्माणको परिकल्पना र प्रयासमा भ्रष्टाचारले निकै ठूलो बाधा पु¥याइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घले समृद्ध, शान्त, खुशी मानव समाज निर्माणमा बाधा पु¥याइरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न विश्वव्यापी रुपमै अघि बढाएको साझा प्रयासलाई नेपालले सहयोग र समर्थन गर्दै आएको छ ।”

आत्मअनुशासित, कानूनको परिपालना गर्ने मानव जाति आफू नैतिक एवं इमान्दारको स्वबन्धनमा नबाँधिएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ हुने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यहाँ भएका सबैले भ्रष्टाचार नगर्ने हो भने आधा जति भ्रष्टाचार रोकिएला नेपालमा ? सुन्दा अप्रिय लागे पनि कि भ्रष्टाचार गर्दै नगरौँ, कि गर्ने भए साँचो कुरा गरौँ ।”

यहाँ उपस्थित भएकामध्ये कोही पनि भ्रष्टाचारमा पर्ने ढङ्गबाट काम नगर्नुस् भन्दै उहाँले नातावाद, कृपावाद, आफन्तवाद, दल र समुदाय नभनी स्वच्छ, पारदर्शी र कानूनी राज्यको पक्षमा दृढताका साथ काम गर्न सबै राष्ट्रसेवकलाई निर्देशन दिनुभयो ।

भ्रष्टाचार नियन्त्रणका लागि हामीसँग राज्य संयन्त्र, कानून र निकाय क्रियाशील रहे पनि भ्रष्टाचार व्याप्त रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “रोक्नका लागि जिम्मेवारीमा रहेका संस्था र प्रमुख स्वच्छ हुनुपर्दछ, म आफू पनि भ्रष्टाचार गर्दिन अरूलाई पनि गर्न दिन्न भनेकामा पहिलो सर्त पूरा गरेको छु, दोस्रो सर्त पूरा गर्ने प्रयासरत छु ।”

विगतमा भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले भन्दा फरक मनसायले व्यक्ति विशेषलाई दुःख दिने काम भएको बताउँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचारविरुद्धको प्रयास सकारात्मक ढङ्गबाट अघि बढिरहेको उल्लेख गर्नुभयो ।

खनिजलगायत प्राकृतिक साधनस्रोत प्रशस्त भएका हाम्रा निम्ति विकास र समृद्धिका लागि अहिले अन्त्यन्तै अनुकूल वातावरण रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफू मातहतका निकायका मान्छेका आँखामा गिर्ने काम नगर्नुस् ।”

आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले मुलुकमा सुशासनका लागि चुनौतीका रुपमा रहेको भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तर्फबाट सार्थक प्रयासको खाँचो आँैल्याउनुभयो ।

मुख्य सचिव लोकदर्शन रेग्मीले मानव जीवन र जगत्लाई विकृत बनाउने भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकिएमा समाजमा विवेक र न्याय हराउने पक्षलाई हेक्का राखेर काम गर्न निजामती कर्मचारीलाई निर्देशन दिनुभयो ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले विश्वमा नै महारोगका रुपमा परिचित भ्रष्टाचारले मानिसलाई नकारात्मक क्रियाकलाप गर्न उद्यत गरेकामा त्यसलाई नियन्त्रण गर्न सरोकारवाला निकाय एकताबद्ध हुन जरुरी छ भन्नुभयो ।

आयोगका सचिव महेश्वर न्यौपानेले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको महत्व र आयोगका तर्फबाट भ्रष्टाचार न्यूनीकरणका लागि भइरहेको प्रयासबारे प्रकाश पार्नुभयो । (रासस)