४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि बनेन विद्यालय भवन

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि बनेन विद्यालय भवन
अ+ अ-

गोरखा । गोरखा नगरपालिका–६ डुम्रीडाँडामा रहेको श्री रत्नलक्ष्मी माध्यमिक विद्यालयको भूकम्प गएको साढे तीनवर्ष बितिसक्दा पनि पुनःनिर्माण शुरु हुनसकेको छैन ।

भारतीय सरकारले निर्माण गरिदिने भनिएको उक्त विद्यालयको पुनःनिर्माण नभएपछि अहिले भूकम्पले भत्किएको भवनमा नै जोखिम मोलेर पठनपाठन हँुदैआएको छ ।

भवन बन्न नसकेपछि प्राविधिकले रातो स्टिकर टाँसरे बस्न नहुने भनेको भवनमा नै अहिले विद्यार्थी राखेर विद्यालयले पठनपाठन गर्दै आएको प्रधानाध्यापक साधना त्रिपाठीले जानकारी दिनुभयो ।

“चर्केको भवनमा बालकक्षा, नर्सरी, ८, ९ र १० कक्षाका विद्यार्थी राखेर कक्षा सञ्चालन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “कक्षाकोठाको अभाव भएपछि जोखिम मोलेरै भए पनि विद्यालय सञ्चालन गर्नुपरेको छ ।”

भूकम्पपछि भारतीय दूतावासले उपलब्ध गराएको पालमुनि विद्यालयले कक्षा सञ्चालन गर्दै आएको भए पनि अहिले पालसमेत च्यातिएपछि फेरि पुरानै चर्केको भवनमा विद्यार्थी राख्नुपरेको उहाँले बताउनुभयो । “गएको वर्ष कक्षा आठको नतिजा राम्रो आएपछि अन्य विद्यालयबाट समेत विद्यार्थी भर्ना हुन आएका थिए, विद्यालयको भवन ढल्न लागेको देखेपछि भर्ना भएका विद्यार्थी विद्यालय छोडेर अन्य विद्यालयमा पढ्न जान थालेका छन्”, प्रधानध्यापक त्रिपाठीले भन्नुभयो ।

जोखिमयुक्त भवनमा नराख्ने हो भने चौरमा बाहेक अन्त विकल्प नै नभएको उहाँले बताउनुभयो । बाँकी कक्षा कोठा टिनले बारेको टहरामा सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । जस्ताकै बार जस्ताकै छाना भएकाले चिसोमा अति चिसो र गर्मीमा अति गर्मीे हुने हँुदा विद्यार्थीलाई पढ्न सकस भएको उहाँले बताउनुभयो ।

“जाडो शुरु भएदेखि अधिकांश विद्यार्थी खोक्न थालेका छन्, अहिले उनीहरूलाई चिसोबाट जोगाउन पालैपालो घाममा राखेर पढाउन शुरु गरेका छांैँ।” प्रधानध्यापक त्रिपाठीले भन्नुभयो ।

कक्षा सञ्चालन गर्दासमेत एउटा कक्षामा पढाउँदा अर्को कक्षामा हल्ला जाने भएकाले शिक्षण कार्यमा समस्या हुनेगरेको उहाँले बताउनुभयो । भूकम्पका कारण विस्थापित भएर सौरपानी, रञ्चोक, सिम्जुङलगायतका ठाउँबाट सदरमुकाम आएका अधिकांश विद्यार्थी उक्त विद्यालयमा अध्ययन गर्दै आइरहेको विद्यालयले जनाएको छ ।

भारत सरकारले विद्यालयको भवन निर्माण गरिदिने भनिए पनि ढिलाइ गरेका कारण अहिलेसम्म पनि भवन निर्माण शुरु हुन नसकेको प्रधानध्यापक त्रिपाठीको भनाइ छ । भवन निर्माण गर्दा ठेकेदार भारतीय नै हुनुपर्ने अडानका कारण ढिलाइ भएको भन्ने जानकारी आएको उहाँले बताउनुभयो । रासस