१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुमति बिनाको बेकरी क्याफे बन्द



अ+ अ-

नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभागबाट अनुमति नलिई नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा सञ्चालित विष्णु बेकरी क्याफे बन्द गरिएको छ ।

अनुमतिबिना चार महीनादेखि तारादेवी गौतमले सञ्चालन गर्दै आएको बेकरी स्थानीय प्रशासनको अगुवाइमा गरिएको अनुगमन टोलीले सोमबार क्याफे बन्द गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले अनुमतिबिना सञ्चालन गरिएको भकुण्डेमा रहेको सो बेकरी बन्द गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अनुमति नलिएसम्मका लागि उत्पादन, बिक्री वितरणमा रोक लगाएका छौँ ।” सहायक प्रजिअ थापा, विभागको जिल्लास्थित डिभिजन कार्यालयका खाद्य निरीक्षक शिव भण्डारी, जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, नपाका प्रतिनिधि, ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालका प्रतिनिधि तथा प्रहरी सम्मिलित टोलीले नमोबुद्ध नपास्थित भकुण्डे बजारका अन्य ११ वटा होटल–पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा म्याद नाघेको रु पाँच हजार बराबरको कोक, पेप्सी, स्प्राइट पेय पदार्थ नष्ट गरिएको छ । एघारै वटा होटलले मूल्यसूची नराखेको, अन्तःशुल्कबाट अनुमति नलिएको, होटल–पसलमा सरसफाइको कमी, मदिरा र अन्य खाद्य पदार्थ एकै स्थानमा राखिएको पाइएकाले होटल–पसल सञ्चालकलाई मापदण्डअनुसार सञ्चालन गर्न एक महीनाको समयसीमा दिइएको सहायक प्रजिअ थापाले जानकारी दिनुभयो ।

टोलीले भकुण्डेका तीनवटा हार्डवेयर पसलमा अनुगमन गर्दा ढक, तराजु अद्यावधिक नगरिएकाले तीन दिनभित्र अद्यावधिक नगरे बिक्री वितरण बन्द गर्ने चेतावनी दिएको छ । रासस