४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

सरकारले काम किन गर्न सकेन हामीे समीक्षा गर्छौः प्रचण्ड

सरकारले काम किन गर्न सकेन हामीे समीक्षा गर्छौः प्रचण्ड
अ+ अ-

पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको विकल्प नरहेको बताउनु भएको छ ।
कास्कीको मादी गाउँपालिकास्थित सिक्लेसमा मंगलबार विहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सरकारले अपेक्षाकृत सफलता नगरेपनि विकल्प नभएको बताउनु भयो । उहाँले उक्त कार्यक्रममा बोल्दै ‘वर्तमान सरकारको विकल्प खोज्ने हैन, यहि सरकारलाई सफल बनाउने हो, यहि केपी सरकारबाटै विकास र समृद्धि ल्याउने पनि बताउनु भयो ।

सरकारले शुरुमा भ्रष्टाचारी, सुन तस्करी, सिण्डिकेटबिरुद्ध राम्रो शुरुवात गरे पनि, तार्किक निश्कर्षमा पुर्याउन नसकेको स्वीकार गर्नु भयो। उहाँले , ‘किन हुन सकेन हामीे समीक्षा गर्ने बताउनु भयो।’

सरकारले देशभित्र केन्द्रित भएर नयाँ गतिका साथ विकास र समृद्धिका लागि काम गर्ने बताउनु भयो।वैदेशिक सम्बन्ध स्थापित गर्ने, कानून बनाउन लगायतका धेरै काम भने गरेको उहाँले बताउनु भयो । प्रचण्डका उनुसार, ‘भारतसँग सम्बन्ध बनाउन यो सरकारले ऐतिहासिक सफलता हासिल गरेको, दशकौंदेखिको डुबान समस्या, पूर्व पश्चिम रेलमार्ग निर्माणलगायतबारे सम्झौता भएको, चीन सरकारसँग ४ वटा बन्दरगाह बनाउने कुराले नेपालको परिभाषा ल्याण्ड लक्डबाट ल्याण्ड लिंक्डको रुपमा परिणत भएको बताएका हुन्। यो दुई तिहाई सरकार भएकै कारणले मात्र संम्भब भएको जनाउनु भयो।

नेकपाका अध्यक्ष प्रचण्डले आगामी बजेटमा बृद्धभत्ता बढाइने बताउनु भयो। बृद्धभत्ता नबढाउँदा सरकारले काम गरेन भन्ने गुनासो आएको भन्दै उहाँले, ‘चुनावताका हामीले गरेका बृद्धभत्तासहित सबै प्रतिबद्धता पूरा गर्छौं, अझ यो वर्षको क्षतिपूर्तिसहित आउँदो वर्ष बृद्धभत्ता बढाँउछौं ।’अर्को चुनावअघि बृद्धभत्ता ५ हजार पुग्ने उहाँले बताउनु भयो।