२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषदको बैठक सिंहदरबारमा बस्दै, नयाँ प्रधानन्यायाधीश सिफारिस गरिने



अ+ अ-

काठमाडौ । संवैधानिक परिषदको वैठक आज बेलुका ५ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठक प्रधान न्यायाधीश नियुक्तिको सिफारिसमा केन्द्रीत हुने कार्यक्रम स्रोतको दाबी रहेको छ ।

प्रधानन्यायाधीशमा यसअघि न्याय परिषदले दुई जनाको नाम सिफारिस गरेको छ। सर्वोच्चका दुई जना बरिष्ट न्यायाधीशहरू चोलेन्द्र शम्शेर राणा र दीपकराज जोशीको नाम संवैधानिक परिषदमा छ । उक्त नाम मध्ये एकलाई सिफारिस गर्न यसअघि बसेको संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापतिको समया अभावको कारण रोकिएको थियो ।

तथापि बैठकमा दुवै न्यायाधीशको नाम प्रस्तावित भएको थियो । आजको बैठकले सम्भवतः चोलेन्द्र शम्शेरको नाम भावी प्रधान न्यायाधीशका लागि मनोनयन गर्नेछ ।
प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा नेपाल सरकारको कानून तथा न्याय मन्त्री सदस्यको रूपमा रहने ब्यवस्था रहेको छ ।

प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख र कानुनमन्त्री रहने प्रावधान रहेको छ ।