२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा विधानसभा निर्वाचन : राहुल गान्धीलाई पछ्याउदै मोदी



अ+ अ-

भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना आउनेक्रम जारी छ । पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईले उछिनिरहेको छ।

भारतीय निर्वाचन आयोगका अनुसार हालै निर्वाचन भएका राज्यहरुमा मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलङ्गानामा मतणना जारी रहेको छ ।

यसअघि भारतीय जनता पार्टीको सरकार रहेको मध्यप्रदेश र राजस्थानमा कङ्ग्रेसले कडा टक्कर दिइरहेको छ । मध्यप्रदेशमा २३० सदस्यीय विधानसभामा कङ्ग्रेस १०९ र भाजपाले १०८ स्थानमा अग्रता लिएका छन् । बहुजन समाज पार्टीले ७, गोडवाना गणतन्त्र पार्टीले २ र अन्यले ३ स्थानमा अग्रता कायम गरेका छन् ।

अर्को महत्वपूर्ण राज्य राजस्थानमा २०० सिटका लागि कङ्ग्रेसले ९२ र सत्तारुढ दल भाजपाले ८२ स्थानमा अग्रता बनाएका छन् । त्यस्तै बहुजन समाज पार्टीले ३ र अन्यले २० स्थानमा अग्रता बनाएका छन् ।

त्यस्तै, कुल ९० सिट रहेको छत्तीसगढमा कङ्ग्रेसले ६५ र बीजेपीले १७ सिटमा अग्रता बनाएका छन् । जनता कांग्रेस छत्तीसगढले ७, बहुजन समाज पार्टीले १ र कम्युनिष्ट पार्टी अफ इन्डिया शुन्य सिटमा अग्रता रहेको छ ।

मिजरोममा ४० सिटमा मिजो नेसनल फ्रन्टले २७, कङ्ग्रेसले ६ र भाजपाले १ अतथा अन्यले ६ स्थानमा अग्रता बनाएका छन् ।

त्यस्तै ११९ स्थान रहेको तेलंगनामा स्थानिय तेलंगना राष्ट्रिय समितिले ८७, कङ्ग्रेसले १९ र तेल्गु देसम पार्टीले २ र भाजपाले १ स्थानमा अग्रता बनाएको छ ।