२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, बस र चालक प्रहरीको नियन्त्रण



अ+ अ-

पनौति । काभ्रे जिल्लाको पनौति ३ चाम्लेमा पैदलयात्रीलाई बसले ठक्कर दिंदा पैदलयात्रीको घट्नास्थलमै मृत्यु भएको छ ।

पनौतिबाट मानेदोबान जाने क्रममा बा ३ ख २०३ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा पनौति–३, चाम्ले निवासी रामकृष्ण श्रेष्ठ रहेका छन् ।

मृतक श्रेष्ठको सव पोष्टमार्टमको लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको  ।