१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतको साङ्गीतिक माहोलमा बागीना साँझ



अ+ अ-

सुर्खेत । बागीना समूह सुर्खेतले बिहीबार बागीना साँझ कार्यक्रम आयोजना गर्ने भएको छ । सांस्कृतिक जागरण ल्याउनका लागि सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

पछिल्लो समय सुर्खेतमा साङ्गीतिक माहोल सुनसान हुँदै गएकाले कार्यक्रम आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रमका संयोजक नन्दा बस्यालले बताउनुभयो । “हामी सुर्खेती कलाकार काठमाडौँ केन्द्रित हुँदा यहाँ सांस्कृतिक गतिविधि सुस्त भयो,” उहाँले भन्नुभयो, “जिल्लामा सांस्कृतिक गतिविधि बढाउन कार्यक्रम गर्न लागेका हौँ ।” कार्यक्रममा यस क्षेत्रको पहिचान हुने खालका सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनेछ ।

आर्थिक आयआर्जन नभई यस क्षेत्रको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएकोे बागीना समूहका अध्यक्ष गोविन्द कोइरालाले बताउनुभयो । बिहीबार बेलुकी ५ बजेदेखि बागीनाको प्राङ्गणमा हुने उक्त कार्यक्रम निःशुल्क रूपमा हेर्ने व्यवस्था मिलाइएको कलाकार शिव सङ्गीतले बताउनुभयो । कार्यक्रममा कलाकार टीका पुन, शिव सङ्गीत, दिपाशा बिसी, सन्ध्या बुढा ९काउली बुढी०, सीता भण्डारी, मनु मन्दिर, सुविन सिंहलगायतको प्रस्तुति रहनेछ ।