• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप

फुटबलको बादशाह बन्दै बार्सिलोना, वायर्न म्युनिखको रेकर्डसँग बराबरी



बार्सिलोना । स्पेनिस फुटबल क्लब बार्सिलोनाले जर्मन क्लब वायर्न म्युनिखको रेकर्डसँग बराबरी गरेको छ। युरोपियन च्याम्पियन्स लिगअन्तर्गत मंगलबार रातिको खेलमा इंग्लिस क्लब टोटनह्यामसँग १ं-१ को बराबरी खेलेपनि बार्सिलोनाले घरेलु मैदानमा अपराजित हुने रेकर्डसँग बराबरी गरेको हो। यसअघि नै अन्तिम १६ मा पुगेको बार्सिलोनाका लागि भने घरेलु मैदानमा अपराजित संख्याको रेकर्ड बन्यो।

टोटनह्यामसँग बराबरी खेलेसँगै बार्सिलोनाले घरेलु मैदानमा अपराजित खेल संख्या २९ पुगेको छ । २६ खेलमा जित हात पारेको बार्सिलोनाले ३ खेलमा बराबरीमा रोकिएको छ।। खेलमा सुरुवाती अग्रता बार्सिलोनाका उस्मान डेम्बेलेको गोलबाट लिएको थिए। सातौं मिनेटमा डेम्बेलेले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर खेलको ८५ मिनेटमा लुकास मोउराले बराबरी गोल फर्काउदै टोटनह्यामलाई अन्तिम १६ को यात्रा गराए। बराबरीले टोटनह्यामलाई च्याम्पियन्स लिगको अन्तिम १६ मा पुर्याउन प्रयाप्त बन्यो।