१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशकै नमूना वडा बनाउँदै कामपा



अ+ अ-

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका–१५ र २२ लाई नमूना वडा बनाउने तयारी गरेको छ । कामपामा ठूलो समस्याको रुपमा रहेका फोहर व्यवस्थापनको काम गर्न चुनौती आएपछि वडा नं १५ र २२ का प्रत्येक घरलाई कुहिने र नकुहिने फोहर राख्ने छट्टाछुट्टै डस्टबिन वितरणको तयारी रहेको छ ।

पहिलो चरणमा कामपाको यी दुई वडाबाट शुरु गर्ने कार्य विस्तारै ३२ वटै वडामा पु¥याउने तयारी रहेको कामपाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार डस्टबिन वितरण गर्दा प्रत्येक घरमा दुई वटा दिइने छ । कामपाको फोहर लिन जाने गाडीले पनि सोहीअनुरुप कुहिने र नकुहिने फोहर फरक फरक गाडीमा राखेर ल्याउनुपर्ने हुन्छ ।

फोहर राख्ने डस्टबिन किन्नका लागि महानगरले आधा रकम लगानी गर्ने छ भने बाँकी पैसा नागरिक आफैले बेहोर्न पर्ने कामपाले जानएको छ ।
घरमा उत्पादन भएको सबै फोहर एकै ठाउँमा राख्दा फोहर व्यवस्थापन गर्ने अन्तिम स्थान सिसडोलमा व्यवस्थापन गर्न समस्या भएकोले यहीँबाट फरक÷फरक लाने तयारी गरिएको हो ।

हाल दैनिक काठमाडौँ उपत्यकाबाट एक हजार मेट्रिक टन र कामपाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निष्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
रासस