२४ पुष २०८१, बुधबार
,
Latest
खेलकुदबाट देशलाई सबल बनाऔँ तर पहिला पूर्वाधार निर्माण गरौँः सांसदहरु अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात: रेसा एमाले छाडेको भनि गरिएको प्रचार एमाले र मविरुद्ध फैलाइएको सुनियोजित भ्रम र षडयन्त्रः सचिव भट्ट विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो राष्ट्रिय गौरवका योजना बनाउन जनशक्तिको अभाव छः खेलकुदमन्त्री पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह मधेशविरूद्ध कुशल भुर्तेलको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुबी भ्यालीमा जापानी सहयोगमा विद्यालय



अ+ अ-

कठमाडौं, २६ मंसिर । नेपालका लागि जापानका राजदूत मासामिची साइगोले धादिङ जिल्लाको रुबी उपत्यका गाउँपालिकास्थित च्यामरादेवी माध्यमिक विद्यालयको नवनिर्मित भवनको बुधबार उदघाटन गर्नुभयो ।

उक्त विद्यालय २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

जापान सरकारको करिब ९२ लाख रुपैयाँको सहयोगमा उक्त विद्यालयको पुनर्निर्माण गरिएको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

च्यामरादेवी माध्यमिक विद्यालयमा हाल ४०७ जना बालबालिका अध्ययनरत छन् । भूकम्पका कारण ठूलो क्षति भएका कारण विद्यार्थीहरुले खुला आकाशमुनि र अस्थायी टहरामा बसेर अध्ययन गरिरहेका थिए ।

नयाँ विद्यालय भवन निर्माण भएपछि विद्यार्थीको पठनपाठनमा ठूलो सहयोग पुगेको राजदूत मासामिचीले बताउनुभयो । नवनिर्मित उक्त विद्यालय भूकम्प प्रतिरोधी, सुविधाजनक र सुरक्षित अध्ययन स्थल बनेको छ ।

दूतावासका अनुसार नेपाल र जापानको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न उक्त सहयोग कोशेढुंगा सावित हुनेछ ।