१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै बहिनीलाई बलात्कार गर्ने दाजु पक्राउ



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा दाजु पक्राउ परेका छन् । फुङलिङ–१ निवासी १९ वर्षीय युवक आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।

घरमा कोही नभएको अवस्थामा १० वर्षीया बहिनीलाई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले बुधबार पक्राउ गरेको सौर्य दैनिकमा समाचार छ । लामो समयदेखि बहिनीलाई जबरजस्ती गर्दै आएको र अन्तिमपटक गत १८ र १९ मंसिर बलात्कार गरेर फरार भएका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद निरौलाले बताए ।

युवकलाई जिल्ला अदातलबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको निरौलाले बताए ।