१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै बहिनीलाई बलात्कार गर्ने दाजु पक्राउ



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा दाजु पक्राउ परेका छन् । फुङलिङ–१ निवासी १९ वर्षीय युवक आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।

घरमा कोही नभएको अवस्थामा १० वर्षीया बहिनीलाई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले बुधबार पक्राउ गरेको सौर्य दैनिकमा समाचार छ । लामो समयदेखि बहिनीलाई जबरजस्ती गर्दै आएको र अन्तिमपटक गत १८ र १९ मंसिर बलात्कार गरेर फरार भएका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद निरौलाले बताए ।

युवकलाई जिल्ला अदातलबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको निरौलाले बताए ।