३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य

के प्रचण्डले विक्रम पाण्डेमाथि रिसइबी साँधेकै हुन् ?

के प्रचण्डले विक्रम पाण्डेमाथि रिसइबी साँधेकै हुन् ?
अ+ अ-


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको विरुद्धमा कारबाही थालेका राप्रपा प्रजातान्त्रिकका नेता एवं कालिका कन्स्ट्रक्सनका ठेकेदार विक्रम पाण्डेको कारबाहीका विषयलाई लिएर यतिखेर उक्त पाण्डेको राजनीतिक दलमा एक अलग्गै विषयको चर्चा सुरु भएको छ । उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेदेखि नै यसको तरंग राजनीतिसम्म पनि पुगेको छ । र सो दलले भनेको छ– प्रचण्डले राजनीतिक प्रतिशोध अथवा व्यक्तिगत रिसइबी साँधेका कारण यो अवस्था आएको हो ।

तर राप्रपा यस विषयमा खुलेर कुरा गर्न भने चाहँदैन । पार्टीमा समय समयमा बस्ने क्रममा यस विषयमा चर्चा र कुराकानी त हुन्छ तर विज्ञप्ति प्रकाशन नै गर्ने तथा पार्टीले औपचारिक बैठक बसेरै यसको विरोध गर्ने भन्ने विषयमा भने सहमति जुटेको छैन– राप्रपा प्रजातान्त्रिकका एकजना सदस्य बताउँछन् । उनको भनाई छ– विक्रम पाण्डेमाथि राजनीतिक प्रतिशोध त साँधिएकै हो र यसका विरुद्धमा हामीहरु व्यक्तिगत रुपमा चिन्तित छौँ तर पनि भ्रष्टाचारको विरुद्धमा सुरु भएको यस्तो कारबाहीका बारेमा बोल्दा पार्टीकै बदनाम हुने भएकोले खुलेरै बोल्न सकिरहेका छैनौँ ।

पाण्डे नेपालका क ग्रेगका निर्माण व्यावसायी हुन् । गत वर्ष भएको आम निर्वाचनमा उनी राप्रपाको टिकटमा नेपाली काँग्रेसको समेत सहयोगमा चितवनबाट निर्वाचनमा उठेका हुन् । उनलाई प्रचण्ड हराउने क्रममा काँग्रेसले पनि सहयोग गरेको थियो । आफ्नो उम्मेदवार नै फिर्ता लिएर पाण्डेलाई सघाउने काँग्रेसले गरेको निर्णयका कारण त्यस समयमा प्रचण्डले चितवनबाट निर्वाचन हार्नसक्ने भन्दै ठूलो हंगामा पनि मच्चिएको थियो । त्यसकारण प्रचण्ड पनि सबैखाले शक्तिको सदुपयोग गर्दै निर्वाचनमा होमिएका थिए । उनलाई एक हिसाबले पाण्डेको डर पनि लागेको थियो । तर पनि चितवनका काँग्रेसले आफ्नो उम्मेदवार नउठाएकोमा रिसाएका र उता एमाले माओवादी गठबन्धन भएकोले निर्वाचनमा प्रचण्ड नै जित्ने माहोल बन्यो र उनले जिते पनि ।

तर निर्वाचनको कटुता एक हिसाबले भन्ने हो भने जारी नै थियो । त्यसै कटुताको प्रतिशोध अहिले आएर प्रचण्डले आफूमाथि साँधेको विक्रम पाण्डेको आरोप छ । तर यता प्रचण्ड आफैले केही नबोलेको भए पनि सो पार्टीका अरु नेताहरु भने भ्रष्टाचार नियन्त्रण निकायले सुरु गरेको अनुसन्धानको कामलाई यसरी राजनीतिकरण गरिनु नहुने उनीहरुको तर्क छ । यता राप्रपा प्राजातान्त्रिक भने देशभरि अरु कोही नदेखेर विक्रम पाण्डेमाथि नै र त्यो पनि वर्षौँ पहिलेदेखिको मुद्दा उल्ट्याएर कारबाही थाल्नुमा उनीप्रतिको रिसइबी नै देखिएको बताउँछ ।
त्यसैगरी पाण्डे पनि राप्रपा र कांग्रेसको सहकार्यमा निर्माण व्यवसायी महासंघमा चुनाव जितेका ठेकेदारका नेताहरुमार्फत प्रचण्डकोमा दबाब दिन पुगेका छन् । उनीहरु खुलेरै विक्रम पाण्डेलाई जोगाउन लागिपरेका छन् भने नेकपाबाट जितेकाहरु पनि भित्रभित्रै उनको पक्षमा लबिङ गरिरहेका छन् ।

यसरी एकातर्फ पाण्डेको कालिका कन्स्ट्रक्सनमा आवद्ध ठेकेदारहरुले प्रचण्डका कार्यकर्तालाई परिचालन गर्न थालेका छन् भने अर्कातिर राप्रपा नेताहरुले यो प्रकरणमा प्रचण्डले पाण्डेमाथि पूर्वाग्रह साँधेको व्याख्या गर्न थालेका छन् । विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भइसकेपछि ठेकेदारहरुको संस्था निर्माण व्यवसायी महासंघले विज्ञप्ति नै जारी गरेर पाण्डेको बचाऊ गरेको छ । इन्जिनियर र परामर्शदाताहरुको संगठनले त झनै अख्तियारको कदमले केपी ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई नै प्रतिकूल प्रभाव पार्ने विश्लेषण गर्न भ्याएको छ । पाण्डेविरुद्ध अख्तियारको यो कदमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैं नै यो प्रकरणबाट घेराबन्दीमा पर्ने त होइन भन्ने त्रास पनि देखिन थालेको छ ।