१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोको नमूना परीक्षण



अ+ अ-

भद्रपुर । अर्जुनधारा नगरपालिकामा रहेका ११ वटै वडाको माटो सङ्कलन गरी निःशुल्क परीक्षण गरिएको छ ।

नगरले माटोमा उत्पादन क्षमता कम हुँदै गएको हुँदा अन्नबाली उत्पादनमा ह्रास आउन थालेपछि आज शिविर नै सञ्चालन गरेर माटोको नमूना परीक्षण गरेको हो ।

नगरको कृषि विकास शाखाको आयोजना र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गाको प्राविधिक सहयोगमा माटो परीक्षण गरिएको नगर प्रमुख हरि रानाले जानकारी दिनुभयो ।

नगरपालिकाअन्तर्गतका ११ वटै वडामा खेती गर्दै आएका ७१ जना किसानको जमीनको माटो प्राविधिक विशेषज्ञसहितको टोलीले परीक्षण गरेको थियो । परीक्षणका क्रममा माटोमा अम्लियपन नभएको र माटोको छारियपन पाइएको माटोे विशेषज्ञ हरि भुजेलले बताउनुभयो ।

भुजेलका अनुसार माटोमा एकदेखि १४ पिएचसम्म अम्लियपनाको मापन गरिन्छ । माटोमा ६ दशमलव ५ देखि ७ दशमलव ६ पिएचसम्मको मात्रालाई ठीक अर्थात् माटोका लागि अनुकूल अम्लीयपना भएको मानिन्छ ।

परीक्षणले क्रममा कतै ४ दशमलव ५ सम्म र कुनै स्थानमा नौ पिएचभन्दा बढीमात्रामा अम्लियपना देखाएको तथ्याङ्क भेटिने गरेको उहाँले बताउनुभयो ।
चालू वर्र्षदेखि नगरले वडा नं ८ मा कृषि उत्पादन पकेट क्षेत्र मानेर कार्यक्रमसमेत शुरु गरिसकेको छ । रासस