१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधुनिक कृषि बजारलाई जग्गा माग



अ+ अ-

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ ।

सङ्घका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले आज कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाललाई भेट गरी सो आग्रह गरेको हो । सङ्घले काठमाडौँमा कृषिजन्य पदार्थको प्रशोधन केन्द्र र काठमाडौँ बाहिर सङ्कलन केन्द्र निर्माण गर्ने तयारी गरेको छ । त्यसका लागि प्रयोगमा नरहेको ५० रोपनी भन्दा बढीको सरकारी जग्गा २० वर्षका लागि भाडामा उपलब्ध गराउन मन्त्री खनालसँग आग्रह गरेको हो ।

सङ्घका कृषि प्रवद्र्धन समितिका संयोजक युवराज गुरुङले रु एक अर्ब पचास करोड लगानी गर्ने गरी सात जनाको विज्ञ समूहले आर्थिक प्रतिवेदन तयार गरिरहेको जानकारी दिनुभयो ।

कृषि उपज सङ्कलनका लागि प्रदेश नं १ सरकारसँग छलफल गर्ने उहाँले जानकारी दिनुभयो । नाफामूलक भन्दा पनि सामाजिक उत्तरदायित्वका लागि गर्न लागिएको उक्त कामले किसानलाई ठूलो राहत मिल्ने र तरकारी, फलफूल र मासुजन्य पदार्थको आयात न्यून गर्दै आत्मनिर्भरताका लागि सहयोग पुग्ने सङ्घका उपाध्यक्ष आचार्यको भनाइ छ । सङ्घले निर्माण गर्ने उक्त बजार सरकारको स्वामित्वमा रहने छ ।

जवाफमा मन्त्री खनालले प्रस्ताव उपयुक्त रहेको भन्दै प्रधानमन्त्रीसँग पनि आफूले छलफल गर्ने बताउनुभयो । सङ्घलाई सहज हुने गरी कार्यविधि निर्माण गरिने मन्त्री खनालको भनाइ थियो । काठमाडौँमा जग्गा अभाव रहेको भन्दै सहकारी र केही कम्पनीले पनि तरकारीको आधुनिक बजारका लागि जग्गा खोजिरहेको खनालले बताउनुभयो ।

कृषि मन्त्रालयले पनि काठमाडौँ उपत्यका प्रवेश गर्ने पाँच नाकामा कृषि बजार निर्माण गर्ने योजना बनाएको छ । त्यसका लागि ? पाँच करोड बजेट विनियोजन गरेको छ । त्यसमा किसानलाई समेत निश्चित प्रतिशतमा अनुदान दिइनेछ । काठमाडौँमा उपयुक्त जग्गा प्राप्त भएमा कालिमाटीको फलफूल तथा तरकारी बजारलाई त्यहाँबाट विस्थापित गर्ने तयारीमा सरकार रहेको छ । काठमाडौँको मलपोखरीमा खानेपानी मन्त्रालयको स्वामित्वमा रहेको ६ सय रोपनीको जग्गा उपयुक्त भएको भन्दै मन्त्रालयसँग छलफल चलिरहेको खनालले उल्लेख गर्नुभयो ।

त्यसमध्ये दुई सय रोपनी जग्गा उपलब्ध भएमा तत्कालका लागि कालिमाटीको बजारलाई मलपोखरीमा सार्न सकिने मन्त्री खनालको भनाइ छ । रासस