६ श्रावण २०८३, बुधबार
,
Latest
इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइकमा (झन्डा हल्लाउँदै) तिलिचाे पुग्नेहरूसँग !



अ+ अ-

यसपाली मनाङकाे भ्रमणमा थुप्रै नेपाली यूवा्/यूवतीहरू तिलिचाे तालकाे भ्रमण गर्न गएकाे देखे । उनीहरू मध्ये कतिपय काठमाडाैं लगायतका शहरबाट बाइक वा स्कुटरमा नेपालकाे झन्डा फहराउँदै गएका थिए । उनीहरूले तिलिचाेमा झन्डा हल्लाएर फाेटाे खिच्ने रहेछन् । (मैले पनि मागेर भनेपनि झन्डा फहराउँदै रमाइलाे फाेटाे खिचे) यसरी जाने कुरा अहिले 'ट्रेन्डिङ'मा रहेछ ।

हिमालकाे देश भनेतापनि हाम्रा हिमाल सम्बन्धी ज्ञान निकै कमजाेर छ । नेपालका हिमालहरू नचिन्ने र जीन्दगीमा नेपाली हिँउ नछाेएका नेपालीहरूकाे संख्या उल्लेख्य छ । त्यस्ताे अबस्थामा नेपाली यूवाजगतमा दुर दराजका यस्ता हिमाली गन्तव्य ट्रेन्डिङमा पर्नु राम्राे कुरा हाे । देश घुम्नुपर्छ । तर हाम्राे अवलाेकनमा र स्थानियहरूसँगकाे वातचितमा के कुरा थाह लाग्याे भने उक्त क्षेत्रमा जाने पाहुनाहरूमा लेक लाग्नेहरू मध्ये करिब ९० प्रतिशत जति नेपाली हुने रहेछन् ।

कतिकाे लेक लागेकाे कारण विरामी हुनेमात्रै हाेइन ज्यान समेत जाने रहेछ । हामी मनाङमा हुँदैमा एकजनाकाे मृत्यु भयाे । उनलाइ उद्धार गर्न गएकाे हेलिकाेप्टर हामीले हुम्देकाे अाकाशमा देखेका थियाैं ।

स्थानियकाे भनाइ अनुसार, त्यहाँ जाने नेपाली युवाहरू हतार गर्छन् । हुन पनि हाे । हामीले साेधेका धेरै जसाेले एकै दिनमा काठमाडाैं (१३००मी) बाट खान्सार पुगेकाे बताएका थिए । र दाेश्राे दिन खान्सार (३५५० मी) बाट तिलिचाे बेस क्याम्प (४१५० मी) र तेश्राे दिन तिलिचाे (४९१९ मी) पुगेर खान्सार र चाैथाे दिन काठमाडाैं । जति जति उचाइमा चढ्दै गयाे त्यहाँ अक्सिजनकाे मात्रा पातलाे हुने गर्दछ ।

उदाहरणकाे लागि १३०० मी काे उचाइमा भएकाे काठमाडाैंमा भन्दा ३५५० मी उचाइ भएकाे खान्सारकाे वायुमा करिब २४% कम अक्सिजन र तिलिचाेमा करिब ३७% कम अक्सिजन हुन्छ। छाेटाे समयमै अग्लाे उचाइमा उक्लनु नै लेक लाग्नुकाे मुख्य कारण हाे किनभने हाम्राे शरिर त्यहाँकाे कम अक्सिजन युक्त हावामा स्वास लिन अभ्यस्त भइसकेकाे हुँदैन् । उच्च हिमालमा बस्ने शेर्पा समुदायकाे त शरिर नै त्यसरी कम अक्सिजन लिएर काम गर्नसक्ने गरि आनुवांशिक परिवर्तन भएकाे हुन्छ। त्यसैले विदेशीहरू यस्ताे उचाइमा ट्रेकिङ गर्दा प्रतिदिन ५०० मीटरकाे उचाइमा चढ्ने हाे जुन शरिरलाइ त्यस्ताे वातावरणमा अन्तरघुलन गराउन सामान्यतया सिफारिस गरिन्छ ।

एकातिर हतारमा उचाइ चढ्ने र अर्कातिर रक्सी चुराेटकाे अत्याधिक सेवन गरिदिने । (स्थानियका अनुसार यस्ताे ठाँउमा रक्सी चुराेट धेरै नखानुस् भन्दा पनि नमान्ने, हामी रमाइलाे गर्न आएकाे याे नखाए त के रमाइलाे भन्ने गरेकाे सुनियाे )। सामान्यतया धुम्रपान मध्यपान उचाइमा सिफारिस गरिदैन् ।

थप, पर्याप्त तयारी (पाेशाक, झाेला, जुत्ता) नगरेकाे देखियाे । कतिपय कन्भर्स जुत्तामा, कटन पेन्ट र सर्टमा, एथ्लिट व्याग (दुइ जनाले झुन्डाउँदै) मा नै त्यहाँ गएकाे देखियाे । जसले गर्दा उनीहरूलाइ यात्रामा कठिनाइ भएकाे बुझिन्थ्याे । साथै साथीहरूले सक्छस्, सक्छस् भन्दै उक्साउँदै गरेकाे पनि । यस्ता विभिन्न कारणले लेक लागेर धेरै नेपालीहरू अस्वस्थ हुने, यात्रा पुरा गर्न नसक्ने र विरामी भएर मर्ने समेत गरेकाे सुनियाे ।

त्यसैले,

तिलिचाे ताल जस्ता उच्च हिमाली भेगकाे यात्रा गर्नु भनेकाे पाेखरा, चितवन वा लुम्बिनी गएकाे जस्ताे हाेइन, अहिले इन्टरनेटमा ट्रेकिङ तयारी सम्बन्धी प्रसस्त सामाग्रीहरू पाइन्छन् । त्यसलाइ अध्ययन गरेर, साेचेर, त्यहाँ गएका मानिसहरू, ट्रेकिङ एजेन्सीमा कर्मचारीहरूसँग साेधेर, मनन गरेर र पर्याप्त तयारी गरेर मात्रै घरबाट निस्कने कि ?