७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बँदेल बस्ती पसेपछि सर्वसाधारण हैरान

बँदेल बस्ती पसेपछि सर्वसाधारण हैरान
अ+ अ-

बर्दिवास । वनक्षेत्रबाट सरदर ४० किलोमीटर दुरी छिचोल्दै जङ्गली जन्तु बस्ती पसेपछि महोत्तरी जिल्लाको सुदुर दक्षिण क्षेत्रका बासिन्दा आजित भएका छन् ।

भारतसँग सीमा जोडिएका खैरबनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, भोलही र सग्रामपुरसहितका बस्तीमा जङ्गली जनावर पसेर बालीनाली सखाप पारेपछि सर्वसाधारण किसान हैरान भएका हुन् ।

उखु खेती गरिएका खेतबारीमा बँदेल र दुम्सी बाक्लै पसेका र नीलगाई त हुलमै बस्तीभित्रै देखिने गरेको भारतीय सीमाक्षेत्र नजिकका जिल्लावासीको भनाइ छ । अहिले उखुघारीभित्र बँदेल बसेपछि खेतबारी डुल्न पनि डरमर्दो भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेख मन्सुरले बताउनुभयो । बँदेलले प्रत्येक रातजसो फुलकोबी, बन्दाकोबी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गरेको किसानको भनाइ छ । राति बाली सखाप पार्ने र दिउँसो उखुघारी पस्ने बँदेलको डरले खेतबारी डुल्न, ससाना नानीहरू विद्यालय पठाउन डरलाग्ने गरेको रामगोपालपुर नगरपालिकाको सहसौला बस्तीका चैनकिशोर यादव बताउनुहुन्छ ।

गत वर्षहरूमा नीलगाईको हुल तलैसम्म भारतीय सीमाक्षेत्र  पुगेपनि सो भेगमा बँदेल र दुम्सी भने यसपालि पहिलोपटक देखिएका हुन् । “नीलगाई त पछिल्ला पाँच/सात वर्षयता हिउँदमा बाक्लै देखिन्थे”, भारतीय सीमावर्ती गाउँ गैढाभेटपुरका सामाजिक, राजनीतिक कार्यकर्ता सौखीलालले भन्नुभयो, “बँदेल र दुम्सी चाहिँ यसैपालि देखिएका हुन् ।”

नीलगाई चर्दै हिँड्ने हुँदा धेरै बाली नोक्सान नहुने बताउने तर बँदेलले भने तरकारी बाली सखाप नै पार्ने गरेको किसानले गुनासो गरेका छन् । दक्षिणी क्षेत्रमा यसपालि मात्र देखिएको भएपनि जिल्लाको उत्तरी क्षेत्रको बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरक्षेत्रमा तीन-चार बर्षयता बँदेल बाक्लै देखिँदै आएका छन् ।

उत्तरी क्षेत्रका बर्दिवास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनियाँ र खयरमारासहितका बस्तीमा त घरघरै बाँदर पसेर थाङ्रामा राखेको मकैसमेत उधिन्ने गरेको गृहिणीहरू बताउँछन् ।

अहिले जिल्लाको भङ्गाहा नगरपालिका–४ को रामनगर, पलार, टोकाटोल र प्रेमनगरमा जङ्गली बँदेल पसेर बालीनाली नोक्सान पारिरहेको छ । त्यसैगरी भङ्गाहाकै वडा नम्वर–५ को धतियाटोल, भूचक्रपुर, कर्पुरगञ्ज र राजपुरसहितका बस्तीमा जङ्गली बँदेल पसेर उधुम मच्चाएको सो वडाका वडाअध्यक्ष शिव महतोले बताउनुभयो । बँदेलले तरकारीबाली नोक्सान गर्दै घरकरेसामै केराका थाम उखेलेर नोक्सान गरिरहँदा पनि घरभित्रबाट कराउनुबाहेक धपाउन अन्य उपाय गर्न नसकिएको किसान बताउँछन् ।

बँदेल खासगरी मध्यरातपछि समूहमा बस्ती पस्ने गरेका छन् । बिहान साढेचार बजेसम्म बालीनाली सखाप पारेपछि बँदेल लुक्न उखुघारी पस्ने गरेको किसानको भनाइ छ । नजिकै बाली नोक्सान गरिरहेको थाहा पाइए पनि आक्रमण गर्ला भन्ने डरले धपाउन नसकिएको बर्दिवास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहा बताउनुहुन्छ । बँदेलले बस्ती नजिकका उखुघारीलाई बासस्थल बनाएको किसानको भनाइ छ । बिहानीपख दिसापिसाब गर्न निस्कने महिलालाई बँदेलले लघार्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् ।

वनक्षेत्रमा पतझर भएर नाङ्गो देखिन थालेसँगै सिकारीहरूको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती÷बस्ती पसेको वन्यजन्तुको आनीबानी बुझेकाहरूरुको भनाइ छ । रासस