५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बँदेल बस्ती पसेपछि सर्वसाधारण हैरान



अ+ अ-

बर्दिवास । वनक्षेत्रबाट सरदर ४० किलोमीटर दुरी छिचोल्दै जङ्गली जन्तु बस्ती पसेपछि महोत्तरी जिल्लाको सुदुर दक्षिण क्षेत्रका बासिन्दा आजित भएका छन् ।

भारतसँग सीमा जोडिएका खैरबनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, भोलही र सग्रामपुरसहितका बस्तीमा जङ्गली जनावर पसेर बालीनाली सखाप पारेपछि सर्वसाधारण किसान हैरान भएका हुन् ।

उखु खेती गरिएका खेतबारीमा बँदेल र दुम्सी बाक्लै पसेका र नीलगाई त हुलमै बस्तीभित्रै देखिने गरेको भारतीय सीमाक्षेत्र नजिकका जिल्लावासीको भनाइ छ । अहिले उखुघारीभित्र बँदेल बसेपछि खेतबारी डुल्न पनि डरमर्दो भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेख मन्सुरले बताउनुभयो । बँदेलले प्रत्येक रातजसो फुलकोबी, बन्दाकोबी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गरेको किसानको भनाइ छ । राति बाली सखाप पार्ने र दिउँसो उखुघारी पस्ने बँदेलको डरले खेतबारी डुल्न, ससाना नानीहरू विद्यालय पठाउन डरलाग्ने गरेको रामगोपालपुर नगरपालिकाको सहसौला बस्तीका चैनकिशोर यादव बताउनुहुन्छ ।

गत वर्षहरूमा नीलगाईको हुल तलैसम्म भारतीय सीमाक्षेत्र  पुगेपनि सो भेगमा बँदेल र दुम्सी भने यसपालि पहिलोपटक देखिएका हुन् । “नीलगाई त पछिल्ला पाँच/सात वर्षयता हिउँदमा बाक्लै देखिन्थे”, भारतीय सीमावर्ती गाउँ गैढाभेटपुरका सामाजिक, राजनीतिक कार्यकर्ता सौखीलालले भन्नुभयो, “बँदेल र दुम्सी चाहिँ यसैपालि देखिएका हुन् ।”

नीलगाई चर्दै हिँड्ने हुँदा धेरै बाली नोक्सान नहुने बताउने तर बँदेलले भने तरकारी बाली सखाप नै पार्ने गरेको किसानले गुनासो गरेका छन् । दक्षिणी क्षेत्रमा यसपालि मात्र देखिएको भएपनि जिल्लाको उत्तरी क्षेत्रको बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरक्षेत्रमा तीन-चार बर्षयता बँदेल बाक्लै देखिँदै आएका छन् ।

उत्तरी क्षेत्रका बर्दिवास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनियाँ र खयरमारासहितका बस्तीमा त घरघरै बाँदर पसेर थाङ्रामा राखेको मकैसमेत उधिन्ने गरेको गृहिणीहरू बताउँछन् ।

अहिले जिल्लाको भङ्गाहा नगरपालिका–४ को रामनगर, पलार, टोकाटोल र प्रेमनगरमा जङ्गली बँदेल पसेर बालीनाली नोक्सान पारिरहेको छ । त्यसैगरी भङ्गाहाकै वडा नम्वर–५ को धतियाटोल, भूचक्रपुर, कर्पुरगञ्ज र राजपुरसहितका बस्तीमा जङ्गली बँदेल पसेर उधुम मच्चाएको सो वडाका वडाअध्यक्ष शिव महतोले बताउनुभयो । बँदेलले तरकारीबाली नोक्सान गर्दै घरकरेसामै केराका थाम उखेलेर नोक्सान गरिरहँदा पनि घरभित्रबाट कराउनुबाहेक धपाउन अन्य उपाय गर्न नसकिएको किसान बताउँछन् ।

बँदेल खासगरी मध्यरातपछि समूहमा बस्ती पस्ने गरेका छन् । बिहान साढेचार बजेसम्म बालीनाली सखाप पारेपछि बँदेल लुक्न उखुघारी पस्ने गरेको किसानको भनाइ छ । नजिकै बाली नोक्सान गरिरहेको थाहा पाइए पनि आक्रमण गर्ला भन्ने डरले धपाउन नसकिएको बर्दिवास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहा बताउनुहुन्छ । बँदेलले बस्ती नजिकका उखुघारीलाई बासस्थल बनाएको किसानको भनाइ छ । बिहानीपख दिसापिसाब गर्न निस्कने महिलालाई बँदेलले लघार्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् ।

वनक्षेत्रमा पतझर भएर नाङ्गो देखिन थालेसँगै सिकारीहरूको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती÷बस्ती पसेको वन्यजन्तुको आनीबानी बुझेकाहरूरुको भनाइ छ । रासस