• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

महिनाको पहिलो दिन नै आयो सेयर बजारमा सुधार




काठमाडौं । पुस महिनाको पहिलो दिन सेयर बजारमा सुधार आएको छ । महिनाको पहिलो दिन आइतबार व्यापार समूह बाहेक सबै सुधार आएरको हो ।

आइतबार सेयर बजार १८ दशमलव ८९ अंकले उकालो लागेको छ ।केहि दिन यता आएको उतारचढावका बीच आइतबार १८ दशमलव ८९ अंकले उकालो लागेर नेप्से परिसूचक १ हजार १ सय ६७ दशमलव ६७ मा पुगेर बन्द भएको हो ।

परिसूचकसँगै कारोबार रकम समेत उच्च देखिएको छ । दिनभरमा भएका ४ हजार ९ सय ७४ कारोबारबाट १ सय ५९ कम्पनीको १४ लाख ७ हजार ५३४ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार ४७ करोड ४२ लाख १६ हजार ९ सय ५ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकमका आधारमा छिमेक लघुवित्त विकास बैंक अग्रस्थानमा देखिएको छ । छिमेक लघुवित्तको आइतबार ५ करोड ७७ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।