१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई जना बिरामीलाई २ करोड, बिकासका नाममा दुरुपयोग



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष सामुदायिक अस्पताललाई वितरण गर्दै आएको रकम दुरुपयोग भएको छ । जनताले सस्तो र गुणस्तरीय सेवा लिन टाढा जान नपरोस् भनी सरकारले देशभरका सामुदायिक अस्पताललाई वर्षेनी करोडौं रकम वितरण गर्दै आएको छ ।

मन्त्रालयले डडेलधुराको अपी सामुदायिक अस्पताललाई दुई करोड चार लाख ६० हजार रुपैयााँ दियो । तर, एक वर्षपछि मन्त्रालयको टोली अनुगमनमा जाँदा अस्पतालमा सेवा लिन बिरामी नै नआएको फेला पर्यो । मन्त्रालयका अनुसार एक महिनामा दुई जना बिरामी सेवा लिन आएको देखिएको छ ।

उनीहरु पनि स्वास्थ्यकर्मी नपाएर फर्किने गरेका थिए । अस्पतालले मापदण्ड पनि पूरा गरेको छैन । उपक्षेत्रीय अस्पताल भन्दा करीब १५ सय मिटरमा रहेको उक्त अस्पताललाई अनुदान रकम दिन जरुरी नभएको सरकारी टोलीले ठहर गरेको छ । यो खबर आजको नयाँ पत्रिकामा छ।