• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन ★   पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा जोशी ★   प्रभु बैँक लि.र होटल हिमालय बिच विशेष छुट सम्झौता ★   कांग्रेस पदाधिकारी बैठक जारी ★   यी अभिनेताले ‘कल्की २८९८ एडी’मा पैसा नलिई काम गरेका थिए ★   कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश ★   तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका

पर्यटकलाई बिरामी बनाउँदै, उद्धारका नाममा लुटतन्त्र



काठमाडौं । पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकलाई लेक लाग्न सक्छ, उनीहरू बिरामी हुन सक्छन् वा दुर्घटनामा पर्न सक्छन्, तर पर्यटकलाई योजनाबद्ध रूपमा औषधि खुवाएर बिरामी पारी उद्धारका नाममा पैसा असुल्ने गिरोह सक्रिय रहेको गुनासो बढेपछि पर्यटन मन्त्रालयले गत जेठमा सत्य–तथ्य विवरण पत्ता लगाई कारबाहीको सिफारिस गर्न समिति बनाएको थियो ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित समितिमा पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरे, राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेल, नेपाल प्रहरीका डिआइजी मनोज न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुवास झा सदस्य तथा पर्यटन मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल सदस्यसचिव थिए । उद्धारका नाममा भएका लुटको पर्दाफास गर्दै समितिले तयार पारेको प्रतिवेदन आजको नयाँ पत्रिकाले छापेको छ ।