२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिताचीले एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्ने घोषणा



अ+ अ-

टोकियो । जापानको हिताचीले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको विद्युत प्रसारण व्यवसायको सबैभन्दा ठूलो हिस्सा खरिद गर्ने सोमबार घोषणा गरेको छ । हिताचीले एबीबीमा ६ अर्ब ४० करोड डलर लगानी गर्नेछ, र हिताचीको यो आजसम्मकै सबैभन्दा ठूलो खरिद हो ।

स्थानीय सञ्चार माध्यमले एबीबीमा लगानी गरेसँगै हिताची विश्वमै सबैभन्दा ठूलो विद्युत प्रसारण कम्पनी हुने बताएका छन् ।

पछिल्लो योजना बमोजिम एबीबीको विद्युत प्रसारण युनिट सन् २०२० को शुरुमै हिताचीले ७०४ अर्ब जापानी येनमा खरिद गर्नेछ, अर्थात् उक्त युनिटको कूल पूँजीको ८० प्रतिशत हिस्सा हिताचीको हुनेछ । “हामीले बाँकी शेयर पनि खरिद गर्नेछौं, र उक्त युनिट पूरै हिताचीको स्वामित्वमा आउनेछ ।” कम्पनीका प्रवक्ताले बताए ।

एबीबीको विद्युत प्रसारण युनिटले विश्वका धेरै देशमा विद्युत प्रसारण उपकरण र विद्युत कन्ट्रोल सिस्टम निर्माण एवं सञ्चालन गर्दछ ।

पछिल्लो सम्झौताले हिताचीलाई राजश्वका दृष्टिले भारी विद्युतीय उपकरण निर्माणमा विश्वकै दोस्रो ठूलो कम्पनीका रुपमा स्थापित गर्नेछ । पहिलो स्थानमा जनरल इलेक्ट्रिक रहेको छ । रासस