१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिताचीले एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्ने घोषणा



अ+ अ-

टोकियो । जापानको हिताचीले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको विद्युत प्रसारण व्यवसायको सबैभन्दा ठूलो हिस्सा खरिद गर्ने सोमबार घोषणा गरेको छ । हिताचीले एबीबीमा ६ अर्ब ४० करोड डलर लगानी गर्नेछ, र हिताचीको यो आजसम्मकै सबैभन्दा ठूलो खरिद हो ।

स्थानीय सञ्चार माध्यमले एबीबीमा लगानी गरेसँगै हिताची विश्वमै सबैभन्दा ठूलो विद्युत प्रसारण कम्पनी हुने बताएका छन् ।

पछिल्लो योजना बमोजिम एबीबीको विद्युत प्रसारण युनिट सन् २०२० को शुरुमै हिताचीले ७०४ अर्ब जापानी येनमा खरिद गर्नेछ, अर्थात् उक्त युनिटको कूल पूँजीको ८० प्रतिशत हिस्सा हिताचीको हुनेछ । “हामीले बाँकी शेयर पनि खरिद गर्नेछौं, र उक्त युनिट पूरै हिताचीको स्वामित्वमा आउनेछ ।” कम्पनीका प्रवक्ताले बताए ।

एबीबीको विद्युत प्रसारण युनिटले विश्वका धेरै देशमा विद्युत प्रसारण उपकरण र विद्युत कन्ट्रोल सिस्टम निर्माण एवं सञ्चालन गर्दछ ।

पछिल्लो सम्झौताले हिताचीलाई राजश्वका दृष्टिले भारी विद्युतीय उपकरण निर्माणमा विश्वकै दोस्रो ठूलो कम्पनीका रुपमा स्थापित गर्नेछ । पहिलो स्थानमा जनरल इलेक्ट्रिक रहेको छ । रासस