७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

अब्बल बन्दैछन् सामुदायिक विद्यालय

अब्बल बन्दैछन् सामुदायिक विद्यालय
अ+ अ-

दाङको घोराहीस्थित पद्मोदय नमूना माध्यामिक विद्यालयमा अहिले करीब पाँच हजार विद्यार्थी नियमित अध्ययनरत छन् । सामुदायिक विद्यालयमा यति धेरै विद्यार्थीको सङ्ख्या सायदै कुनै विद्यालयमा होला । प्रत्येक दिन हाजिरी हुने र अध्यापन गराउने शिक्षक पौने दुई सय पुगिसकेका छन् ।

पछिल्लो समय सामुदायिक विद्यालयको सङ्ख्या बढ्नुको साटो मर्ज हुँदैछन । कारण एउटा मात्रै छ । शैक्षिक गुणस्तरको सवाल । फलस्वरुप सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास घट्दो छ । तर पद्मोदयले विद्यार्थी र अभिभावक दुवैको विश्वास जितिसकेको छ । गुणस्तरीय शिक्षा र भौतिक सुविधाले सम्पन्न पद्मोदयमा प्रत्येक वर्ष विद्यार्थीको भर्ना दर बढिरहेको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयस्तरको मानक मानिएको एसइइमा पद्मोदयको नतिजा हेर्ने हो भने कुनै सुविधा सम्पन्न नाम चलेको निजी विद्यालयभन्दा कम छैन । सामुदायिक स्कूल भन्नासाथ नाक खुम्च्याउने अभिभावकका लागि पद्मोदय अहिले आकर्षणको केन्द्र बनेको छ ।

प्ले गु्रपदेखि कक्षा १२ सम्म सञ्चालित पद्मोदयमा विद्यार्थीको चापलाई व्यवस्थापन गर्न आधारभूत तहका कक्षालाई करीब ३७ वटा शाखामा बाँडिएको छ । निजी विद्यालयको हालिमुहाली रहेको दाङमा पद्मोदयले आफूलाई गर्व गर्न लायक पहिचान बनाएको शिक्षाप्रेमीले बताउने गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक डा कृष्णराज डिसी सरकारी विद्यालय भए पनि अङ्ग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार विद्यार्थी, अभिभावकको चाहनालाई ध्यानमा राखेर आफूले प्ले ग्रुपदेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सञ्चालन गरेको र कक्षा ६ देखि १२ सम्म नेपाली माध्यमबाट पनि पढाइ भइरहेको छ ।

यस्तै कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा, इलेक्टिक इञ्जिनीयर, जुनियर कम्प्युटर इञ्जिनीयर, कम्प्युटर इञ्जिनीयर, सोसल मुभिलाइजरलगायतका विषय सञ्चालित छन् । विद्यालयले आगामी शैक्षिकसत्रदेखि अटोमोबाइल ओभरसिएर, वन विज्ञान, सिभिल इञ्जिनीयर, कृषि विज्ञानलगायतका विषय सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

अन्य सामुदायिक र निजी विद्यालयका शिक्षक विद्यार्थी खोज्न गाउँगाउँ पुग्छन् तर पद्मोदयले भने विद्यार्थी खोज्ने होइन कि भर्ना हुन आउने विद्यार्थीको प्रवेश परीक्षा लिएरमात्र विद्यालयमा भर्ना गर्ने गरेको छ ।

“हामीले जुनसुकै कक्षाका विद्यार्थीको प्रवेश परीक्षा लिन्छौँ”, प्रअ डिसीले भन्नुभयो, “अनुत्तीर्ण हुने विद्यार्थीले विद्यालयमा भर्ना पाउँदैनन् ।” अन्य विद्यालयको तुलनामा अब्बल बन्ने प्रयासस्वरुप यो वर्षदेखि मन्टेश्वरी कक्षा पनि सञ्चालन गरिरहेका प्रअ डिसीले बताउनुभयो । विद्यालयको आफ्नै स्कूल बस, सुविधा सम्पन्न भवन, पुस्तकालय, इलाइब्रेरी छन् । समग्रमा विद्यालयसँग अहिले करीब एक अर्बको सम्पति भएको प्रअ डिसीले अनुमान लगाउनुहुन्छ ।

पद्मोदय मात्र होइन, घोराही बजार नजिकै रहेको अर्को सामुदायिक विद्यालय रझेना उमावि पनि एउटा सफल सरकारी विद्यालय होभन्दा फरक नपर्ला । प्ले गु्रपदेखि १२ सम्म सञ्चालित विद्यालयमा करीब एक हजार २०० विद्यार्थी अध्ययनरत छन् । यही तथ्याङ्कलाई हेर्दा एउटा कक्षामा कम्तीमा १०० जना विद्यार्थी छन् ।

विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेका अनुसार रझेना उमाविमा पनि अभिभावक र विद्यार्थीको चाहनाअनुरुप अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ सञ्चालन भइरहेको छ ।

रझेना उमावि विद्यार्थीले भरिभराउ मात्र होइन, भौतिक पूर्वाधारले पनि सुविधा सम्पन्न भएको विद्यालय रहेको प्रअ न्यौपानेले बताउनुहुन्छ । “हाम्रो विद्यालयमा खानेपानी, शौचालय, छात्राको लागि सुविधा सम्पन्न शौचालय, पुस्तकाय र दुई वटा स्कूल बस पनि छ”, उहाँले भन्नुभयो, “प्रत्येक विद्यार्थीको हाजिरी शिक्षक, अभिभावक र विद्यार्थी स्वयंले हेर्न मिल्ने इशिक्षाको व्यवस्थासमेत गरेका छौँ ।”

विद्यालय सफल हुनुका मुख्य कारण अभिभावकको विश्वास, शिक्षकको मिहेनत र लगनशील भएको उहाँले बताउनुभयो । तर शिक्षक अभिभावकलाई अभिप्रेरणा गर्ने जिम्मेवारी भने नेतृत्वको हिसाबले आफूले नै लिने उहाँले बताउनुभयो । अहिले विद्यालयको सम्पूर्ण विद्यालय व्यवस्थापन र प्रशासन क्षेत्र गुणस्तरीय शिक्षा दिन र विद्यार्थीको सङ्ख्या बढाउन केन्द्रित रहेको उहाँको भनाइ छ ।

यस्तै अर्को नमूना सामुदायिक विद्यालयका रुपमा लमही नगरपालिकामा रहेको आदर्श माध्यामिक विद्यालय देउपुर पनि हो । गत वर्ष विद्यालयको स्तरलाई मापन गर्दै केन्द्रबाटै नमूना विद्यालय घोषितको थियो । हाल करीब दुई हजार विद्यार्थीलाई नियमित अध्ययन गराइरहेको माविमा अहिले नर्सरीदेखि कक्षा १२ सम्म पढाइ भइरहेको छ ।

नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट अध्ययन अध्यापन गराइरहेको विद्यालयको भौतिक संरचना पनि पुग्दो छ । प्रत्येक वर्ष लिइने एसइइमा पनि आफूहरुले राम्रो नतिजा ल्याइरहेको विद्यालयका प्रअ शशीधर ज्ञवालीले जानकारी गराउनुहुन्छ । प्रअ ज्ञवालीले सरकारी विद्यालयलाई सुधार गर्नका लागि राज्यको प्रष्ट नीति नियम बन्नुपर्ने सुझाव औँल्याउनुहुन्छ ।

उहाँले राज्यका सरकारी कर्मचारी, नेता, बुद्धिजीविले आफ्नो बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गरेमात्रै पनि सरकारी विद्यालयको आफै सुधार भएर जाने दाबी गर्नुहुन्छ । यस्तै विद्यालयमा गरिने अनावश्यक राजनीतिले पनि विद्यालयको सुधार हुन नसकेको उहाँको भनाइ छ । रासस