![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमाडौँ । स्थायी समिति बैठकमा बोल्ने नेकपाका अधिकांश नेताले नेतृत्वको चर्को आलोचना गरेका छन् । आलोचना गर्नेमा पूर्वएमाले धाराका नेता आक्रामक देखिए भने पूर्वमाओवादीका नेता नरम ।
सोमबार फरक मत राख्ने गौतमसहित अग्नि सापकोटा, युवराज ज्ञवाली , अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल , मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, वेदुराम भुसाल र शक्ति बस्नेत बोलेका थिए ।
‘तत्कालिन एमालेका नेताहरु कडा रुपमा प्रस्तुत भए, माओवादीतिरका नेताको टिप्पणी अलिक नरम सुनियो ।’ एक स्थायी समिति सदस्यले भने । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।