![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
दाङ । जिल्लाको घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी भएको छ । बिजुलीको तार सर्ट भई आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ ।
आज बिहान इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी हुँदा सवारी साधन बनाउन प्रयोग गरिने विभिन्न सामान, इलेक्ट्रोनिक्स सामान नष्ट हुनुका साथै ना २ अ १९३६ नंको अटोरिक्सा र नगद जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको छ ।