८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

अनन्त तामाङ लिग खेल्नबाट वञ्चित

अनन्त तामाङ लिग खेल्नबाट वञ्चित
अ+ अ-


काठमाडौँ । राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ दुई ठूला क्लबबाट सम्झौता गरेपछि जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्नबाट वञ्चित भएका छन् ।

जारी लिगमा नवौँ चरणका खेल सकिँदासम्म अनन्तले कुनै क्लबबाट सहभागिता जनाउन पाएका छैनन् । नेपालका दुई चर्चित क्लब मनाङ–मस्र्याङ्दी र थ्री स्टार क्लबबाट सम्झौता गरेका कारण अनन्त अहिले  आफैँ खेल्नबाट वञ्चित भएका हुन् । यिनै दुई क्लब अहिले उपाधि होडमा छन् । दुवै टोलीले अनन्तले आफ्नो क्लबबाट सम्झौता गरेको दाबी प्रस्तुत गरेपछि उनी लिग खेल्नबाट वञ्चित भएका हुन् । अनन्तले गत वर्ष भने थ्री स्टारबाट मोफसलका प्रतियोगिता खेलेका थिए । तर गत वर्ष लिग फुटबल हुन सकेन ।

थ्री स्टारसँगको लिगका लागि सम्झौता हुँदाहुँदै उनले यस वर्ष लिगका लागि मनाङमा सम्झौता गरेपछि विवाद शुरु भएको थियो । एउटा खेलाडीले दुई वटा क्लबबाट सम्झौता गरेमा एक वर्षसम्म खेल्न नपाउने गरी कारवाही गर्ने एन्फाको प्रतियोगिता नियमावलीमा छ ।

एन्फा प्रवक्ता किरण राईले दुई क्लबले अनन्तसँगको सम्झौता प्रस्तुत गरेपछि अप्ठ्यारो परेको बताउनुभयो । अनन्तले नै केही कमजोरी गरेकाले लिग खेल्न पाएनन् । “समस्याको समाधानका लागि हामी प्रयार छौँ”, राईले भन्नुभयो ।

प्रवक्ता राईले भन्नुभयो, “औपचारिक रुपमा क्लबबाट वा खेलाडीबाट एन्फामा निवेदन परेको छैन, समस्या आइसकेपछि हामीले नै दुई क्लबलाई अन्तरिकरुपमा मिल्न भन्यौँ । तर, त्यस्तो सहमति हुन सकेन । यस्तो अवस्था रहे उनले यस वर्षको लिग खेल्ने सम्भावना कम छ ।”

कुनै पनि क्लबले नयाँ खेलाडी अनुबन्ध गर्दा पुरानो क्लबको रिलिज लेटर ९फुकुवा गरेको प्रमाणपत्र० चाहिने गर्छ । मनाङले भने उक्त प्रमाणपत्रबिनै अनन्तलाई यस वर्ष अनुबन्ध गरेका थियो । दुवै क्लब उपाधि होडमा रहेकाले पनि उत्कृष्ट खेलाडीलाई आफ्नो क्लबबाट खेलाउन चाहन्छन् । आफ्नो क्लबबाट खेलाउन नपाए खेल्नै नदिने दुवै क्लबको रणनीति देखिन्छ ।

एन्फाले समस्या समाधानका लागि छलफल बढाए पनि दुई क्लबबीच सहमति जुटाउन सकेको छैन । लिग शुरु भएको अढाई महीनाभन्दा लामो समय बित्दा पनि एउटा राष्ट्रिय टोलीको महत्वपूर्ण खेलाडीले लिग खेल्न नपाउनु दुःखको विषय भएको बताउनुहुन्छ खेल विज्ञ सञ्जिव मिश्र । पछिल्लो समय अनन्त राष्ट्रिय टोलीमा नियमित खेलिरहेका छन् । नेपालको रक्षापङ्क्तिमा उनको प्रदर्शनले नै निर्णायक भूमिका खेल्दै आएको छ । युवा उमेरमा नै उनले आफूलाई राष्ट्रिय टोलीको खम्बाका रुपमा स्थापित गरेका छन् । रासस