६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनन्त तामाङ लिग खेल्नबाट वञ्चित



अ+ अ-


काठमाडौँ । राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ दुई ठूला क्लबबाट सम्झौता गरेपछि जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्नबाट वञ्चित भएका छन् ।

जारी लिगमा नवौँ चरणका खेल सकिँदासम्म अनन्तले कुनै क्लबबाट सहभागिता जनाउन पाएका छैनन् । नेपालका दुई चर्चित क्लब मनाङ–मस्र्याङ्दी र थ्री स्टार क्लबबाट सम्झौता गरेका कारण अनन्त अहिले  आफैँ खेल्नबाट वञ्चित भएका हुन् । यिनै दुई क्लब अहिले उपाधि होडमा छन् । दुवै टोलीले अनन्तले आफ्नो क्लबबाट सम्झौता गरेको दाबी प्रस्तुत गरेपछि उनी लिग खेल्नबाट वञ्चित भएका हुन् । अनन्तले गत वर्ष भने थ्री स्टारबाट मोफसलका प्रतियोगिता खेलेका थिए । तर गत वर्ष लिग फुटबल हुन सकेन ।

थ्री स्टारसँगको लिगका लागि सम्झौता हुँदाहुँदै उनले यस वर्ष लिगका लागि मनाङमा सम्झौता गरेपछि विवाद शुरु भएको थियो । एउटा खेलाडीले दुई वटा क्लबबाट सम्झौता गरेमा एक वर्षसम्म खेल्न नपाउने गरी कारवाही गर्ने एन्फाको प्रतियोगिता नियमावलीमा छ ।

एन्फा प्रवक्ता किरण राईले दुई क्लबले अनन्तसँगको सम्झौता प्रस्तुत गरेपछि अप्ठ्यारो परेको बताउनुभयो । अनन्तले नै केही कमजोरी गरेकाले लिग खेल्न पाएनन् । “समस्याको समाधानका लागि हामी प्रयार छौँ”, राईले भन्नुभयो ।

प्रवक्ता राईले भन्नुभयो, “औपचारिक रुपमा क्लबबाट वा खेलाडीबाट एन्फामा निवेदन परेको छैन, समस्या आइसकेपछि हामीले नै दुई क्लबलाई अन्तरिकरुपमा मिल्न भन्यौँ । तर, त्यस्तो सहमति हुन सकेन । यस्तो अवस्था रहे उनले यस वर्षको लिग खेल्ने सम्भावना कम छ ।”

कुनै पनि क्लबले नयाँ खेलाडी अनुबन्ध गर्दा पुरानो क्लबको रिलिज लेटर ९फुकुवा गरेको प्रमाणपत्र० चाहिने गर्छ । मनाङले भने उक्त प्रमाणपत्रबिनै अनन्तलाई यस वर्ष अनुबन्ध गरेका थियो । दुवै क्लब उपाधि होडमा रहेकाले पनि उत्कृष्ट खेलाडीलाई आफ्नो क्लबबाट खेलाउन चाहन्छन् । आफ्नो क्लबबाट खेलाउन नपाए खेल्नै नदिने दुवै क्लबको रणनीति देखिन्छ ।

एन्फाले समस्या समाधानका लागि छलफल बढाए पनि दुई क्लबबीच सहमति जुटाउन सकेको छैन । लिग शुरु भएको अढाई महीनाभन्दा लामो समय बित्दा पनि एउटा राष्ट्रिय टोलीको महत्वपूर्ण खेलाडीले लिग खेल्न नपाउनु दुःखको विषय भएको बताउनुहुन्छ खेल विज्ञ सञ्जिव मिश्र । पछिल्लो समय अनन्त राष्ट्रिय टोलीमा नियमित खेलिरहेका छन् । नेपालको रक्षापङ्क्तिमा उनको प्रदर्शनले नै निर्णायक भूमिका खेल्दै आएको छ । युवा उमेरमा नै उनले आफूलाई राष्ट्रिय टोलीको खम्बाका रुपमा स्थापित गरेका छन् । रासस