• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय

सरररर गुड्ने भो काठमाडौंमा मोनो रेल




काठमाडौं । काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालकाले मोनोरेल सञ्चालनको लागि चिनियाँ कम्पनिसँग भोलि सम्झौता गर्न लागेको हो ।

चाइना रेलवे ग्रुप कम्पनीलाई डीपीआर निर्माण गर्ने जिम्मा दिन लागिएको महानगरपालिका जनाएको छ । बुधबार राष्ट्रिय सभा गृह एक कार्यक्रमको बिच महानगरपालिका र कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर हुने बताएको छ ।

२७ दशमलब ५ किलोमिटर रहेको चक्रपथ वरिपरी मोनोरेल निर्माणको लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययन टोलिले देखाएको छ ।

चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गर्न सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । जसअनुसार मोनोरेलको स्टेशन कलंकी, महाराजगञ्ज, र कोटेश्वर गरी तीन खण्डमा हुने बताईएको छ ।