२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुक, ट्वीटर, गुगल माथी ट्रम्पको आरोप, डेमोक्रेटिकको पक्षमा उभिए



अ+ अ-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाउनुभएको छ ।

ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत परिणाम ल्याउन सघाएको भन्ने अमेरिकी सिनेटले सार्वजनिक गरेको ठीक एक दिनपछि आएको हो ।

उहाँले भन्नुभयो, “फेसबुक, ट्वीटर र गुगल ‘डेमोक्रेटिक’ को पक्षमा देखिएका प्रष्ट भएको छ जुन निन्दनीय छ ।”
उहाँले थप्नुभयो, “वास्तवमा ट्वीटरले जनतालाई अमेरिकी राष्ट्रपति ट्रम्पसँग जोडिन धेरै समस्या बनेको छ । उनीहरूले धेरै मेरो समर्थकका धेरै नामहरूलाई हटाइदिएका छन् र तह र गतिको वृद्धिलाई निकै नै ढिला पारिदिएका छन् ।” रासस/एएफपी