• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   त्रिभुवन विमानस्थलको धावन मार्गमा फेरि खाल्डो पर्‍यो, उडान र अवतरण बन्द ★   गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्छ: काँग्रेस सांसद केसी ★   १४ किलो सुन तस्करी प्रकरण: सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश ★   विपद्को पूर्वतयारी तथा व्यवस्थापनका लागि ‘लुज फोरम’ बनाउन सुझाव ★   गर्मीमा खर्बुजा खाँदै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् ★   एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिबारदेखि ★   टी–२० विश्वकप: पाकिस्तानले अमेरिकासँग खेल्दै ★   वित्तीय समानीकरण अनुदान २५ प्रतिशतका दरले चार किस्तामा वितरण गरिन्छ: अर्थमन्त्री पुन ★   पुन: मतगणनाको आदेश रोक्न माग गर्दे व्यास नगरपालिका मेयर न्यौपाने सर्वोच्चमा ★   इँटा भट्टामा काम गर्ने बालबालिकाको पढाइ प्रभावित

ट्र्याक्टर दुर्घटना, एक युवकको मृत्यु



लहान । सिरहाको औरही गाउँपालिका–३ कडहर्वामा आज बिहान ट्र्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

खेतमा हलो जोत्ने क्रममा स १ त ५७५२ नम्बरको ट्र्याक्टरबाट लडेर स्थानीय २६ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक यादवको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ । ट्र्याक्टरको चालक फरार रहेकाले खोजी भइरहेको छ । रासस